Wednesday, January 26, 2022

जनगणना २०७८ : प्रतिसय महिलामा ९५ पुरुष

 काठमाडौँ, १२ माघ : अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) र एक करोड ४२ लाख  ९१ हजार ३११ जना पुरुष (४८.९६%) रहेका छन् । 

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र ५१.५% रहेको थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको सङ्ख्या) ९५.९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ । गत जनगणनामा प्रति सय महिलामा पुरुषको सङ्ख्या ९४।१६ रहेको थियो ।   

कूल जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो । यसरी हेर्दा दश वर्षमा नेपालको जनसङ्ख्या १०.१८% ले बढेको देखिएको छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३% रहेको र जुन अघिल्लो जनगणनामा १.३५% रहेको विभागले जनाइको छ । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य विसं २०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य विसं २०७८ कात्तिक २५ देखि २०७८ मङ्सिर ९ गतेसम्म सम्पन्न भएको थियो । 

राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यका लागि एक हजार ८७१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार ५०० सुपरिवेक्षक तथा ३९ हजार गणक संलग्न थिए । दुवै चरणको स्थलगत कार्य सम्पन्न भई भरिएका फाराम (घर तथा घरपरिवार सूचीकरण फाराम, मुख्य प्रश्नावली तथा सामुदायिक प्रश्नावली) केन्द्रीय तथ्याङ्क विभागमा प्राप्त भई प्रशोधन थालिएको हो ।

कति परिवार थपिए ? 

प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ घरमा बसेका देखिएको छ । यसबमोजिम १० घरमा औषतमा १२ परिवार बसोबास गरेको देखिन्छ । हालको परिवार सङ्ख्या दश वर्षअघिको भन्दा करिब २४।५७% ले वृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४।३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४।८८ जना थियो ।   

सहरी क्षेत्रका परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ । प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ जुन २०६८ सालमा क्रमशः ४।१६ जना र ५.८० जना रहेको थियो । जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना देखिएको छ । 

तराईमा जनसङ्ख्या बढ्यो 

भौगोलिक क्षेत्रअनुसार कूल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । विसं २०६८ को जनगणनामा तराईमा कूल जनसङ्ख्याको ५०.२७% हिस्सा रहेकामा २०७८ मा वृद्धि भई ५३.६६% पुगेको छ । हिमाली क्षेत्रमा कूल जनसङ्ख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९% रहेको देखिन्छ ।   

त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% अंश रहेकामा हाल ४०.२५%मा झरेको छ । दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १% विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३% र ४% विन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (—०.०२%), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९% ) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६%) वृद्धि देखिन्छ ।   

प्रदेशअनुसारको जनसङ्ख्या परिवर्तन र वृद्धिदर प्रदेशगत रुपमा जनसङ्ख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसङ्ख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९% र ५.८१% छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।   

प्रदेशगत रुपमा वार्षिक जनसङ्ख्या वृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५% प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३०% प्रतिवर्ष जनसङ्ख्या वृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२०% प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसङ्ख्या वृद्धिदर १.०% भन्दा कम नै रहेको देखिन्छ । 

सबैभन्दा धेरै काठमाडौँ र कम मनाङमा 

देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौँमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला हुन् । कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् । जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैङ्गिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैङ्गिक अनुपात प्यूठानको ८२ छ । जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो ।   

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा (३.३२%) र सबैभन्दा कम रामेछाममा (–१.६५%) रहेको छ । हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी (१.८०%) वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ । ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८% पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२% पुगेको छ । सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा सहरी जनसङ्ख्या ६३.१९% र ग्रामीण जनसङ्ख्या ३६.८१% रहेको थियो ।   

राष्ट्रिय जनगणना २०६८ मा ५८ नगरपालिका रहेको अवस्थामा कूल जनसङ्ख्याको १७.०७% शहरी जनसङ्ख्या र ८२.९३% ग्रामीण जनसङ्ख्या रहेको थियो । स्थानीय तहअनुसारको जनसङ्ख्या वितरण राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नगरपालिकामध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः काठमाडौँ, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम जनसङ्ख्या भएका पाँच नगरपालिकामा क्रमशः ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालिगुराँस र जिरी नगरपालिका पर्दछन् । सबैभन्दा धेरै जनसङ्ख्या भएको काठमाडौँ महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसङ्ख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसङ्ख्या रहेको छ । बीस हजारभन्दा कम जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या १४ रहेको छ भने एक लाखभन्दा बढी जनसङ्ख्या हुने नगरपालिकाको सङ्ख्या ३९ रहेको छ ।   

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसङ्ख्या बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसङ्ख्या भएको नार्पाभूिम गाउँपालिकामा ४४२ रहेको छ । दश हजारभन्दा कम जनसङ्ख्या हुने गाउँपालिकाको सङ्ख्या ४६ रहेको छ भने ५० हजारभन्दा बढी जनसङ्ख्या हुने गाउँपालिकाको सङ्ख्या १५ रहेको छ । जनघनत्व राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग किमि पुगेको छ, जुन २०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।   

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै पाँच हजार १०८ जना प्रति वर्गकिलोमिटर र मनाङमा सबैभन्दा कम तीन जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वका आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्ला हुन् । 

त्यसैगरी मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जनाप्रति वर्ग किमिभन्दा कम रहेको छ । तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्दछन् । परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसङ्ख्या जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जम्मा २१,६९,४७८ व्यक्ति नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन् जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरूष (८१.२८%) र चार लाख छ हजार १०३ महिला (१८.७२%) रहेका छन् ।   

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४ हजार २९ (८७.६४%) र महिला दुई लाख ३७ हजार ४०० (१२.३६%) थिए । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाको सङख्या ७१.०९% ले बढेको देखिन्छ । जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन् ।   

सबैभन्दा बढी विदेश अनुपस्थित भएका पाँच जिल्लामा काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम विदेश अनुपस्थित हुने पाँच जिल्लामा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् । - रासस

Wednesday, August 4, 2021

कथा: "अबिवाहित पुरुषसँगको प्रेम"

 

 

कथा: "अबिवाहित पुरुषसँगको प्रेम"



भाग १

‘गुड मर्निङ म्याडम, उठ्नु भो ?’

बिहान बिउँझनासाथ फेसबुकको म्यासेन्जरमा मेरो आँखा पुग्यो । म्यासेज दुई घन्टाअघि नै आएको रहेछ । ‘ओहो, कति छिटो सात पो बजिसकेछ, के सारो निदाएँछु ।’ नउठीकनै मोबाइलमा टाइप गरेछु, ‘आज सार्है मीठो निद्रा लाग्यो, भर्खर उठ्दै सरी है !’

ऊ मेरा लागि घडीको अलार्मजस्तै भएको छ हिजोआज । बिहान पाँच बजे नै मलाई म्यासेज गरेर उठाउँछ । मध्य हिउँदको महिना, बाहिर हिउँ परेर असाध्यै जाडो छ । त्यसैले तातो ओछ्यान छाड्नै मन लाग्दैन । सिरकभित्र गुटमुटिँदै दुई घन्टा अनलाइनमा च्याट गर्दा समय बितेको पत्तो हुँदैन ।

छिनभरमै म्यासेजको रिङ बज्यो मोबाइलमा हेरें, उसकै रहेछ । ‘कति धेरै सुतेको नि डल्ली, निद्रा पुगेन ?’ ‘हिजो राति अबेरसम्म निद्रा लागेन त्यसैले बिहान त भुसुक्कै निदाएँछु ।’ मैले आँखा मिज्दै जबाफ पठाएँ ।

‘किन निद्रा नलागेको ?’ फेरि उताबाट म्यासेज आयो । ‘त्यत्तिकै, बेलुकी अलिकति पिएको जिउ नमीठो भएर निद्रा नै परेन भन्या ।’ मैले शरीर तन्काउँदै भनें । ‘किन पिएको त ?’

‘कहिलेकाहीँ मनको बोझ हलुका पार्न पिउन मन लाग्छ ।’ मेरो मुखबाट कुरा फुत्किहाल्यो । मेरो कुराले उसलाई अझ कौतूहलता जगाएछ क्यार । प्रश्नमाथि प्रश्न तेर्सिन थाले । मैले केही होइन जिस्किएको भन्दै टारें । ऊ फेरि अफलाइन भयो ।

भारी मन लिएर बिहानको घरधन्दा सकें । ब्याकुल मनलाई बुझाउने प्रयास गरें तर सकिन । मनमा आँधीहुरी चलिरह्यो ।

अघिल्लो दिन च्याटमा भनेको थियो, ‘भोलि केटी हेर्न जाने कुरा छ । के गर्नु घरपरिवारले जबरजस्ती गरिरहेका छन् । हेरिदिनुपर्यो मन मिले विवाह गर्छु ।’

उसको कुराले मेरो मनमा ठूलो चोट पुर्यायो । म आफैंमा रन्थनिन थालें । हुन त ऊ विवाह गर्नकै लागि भनेर बिदा लिएर गाउँ गएको थियो । उसले पहिलेदेखि नै घरबाट विवाहको कुरा चलेको बताउँथ्यो अनि मसँग सोध्थ्यो, ‘म के गरूँ ?’ मनभित्र माया भए पनि म उसलाई बारम्बार विवाह गर्ने सल्लाह दिन्थें । किनकि म त बिवाहित थिएँ । किनभने उसको पनि जिन्दगी हो । विवाह गरेर घरजम बसाओस् भन्ने मेरो चाहना थियो ।

म उसलाई आफूलाई भन्दा बढी माया गर्छु । ऊ मेरो रित्तिसकेको जिन्दगीमा बहार बनेर आएको छ । पुन: आशा र उमङ्गको बीजारोपण गर्दै मेरो जिन्दगीलाई हरियाली बनाइदिएको छ । के म त्यति स्वार्थी बन्न सक्छु र ? सच्चा हृदयले गरेको चोखो प्रेम पाउनै पर्छ भन्ने पनि त छैन । मनमा यस्तै कुरा खेल्न थाल्छन् । प्रेम प्राप्ति मात्र होइन त्याग पनि हो ।  तैपनि यथार्थलाई स्वीकार गर्नु त्यति सजिलो नहुने रहेछ । मैले आँसुका थोपा झार्दै उसलाई शुभकामनाका शब्द टाइप गरेर पठाइदिएँ । उसले जवाफमा लेख्यो, ‘कति हतार है शुभकामना दिनलाई ।’

आफ्नै बाध्यता र परिबन्दमा बााधिएकी म, चाहेर पनि उसलाई साथ दिन सक्दिन । यो समाजका अगाडि हामी खुलेर प्रेम गर्न सक्दैनौं । न त हामीमा त्यो बन्धन तोड्ने हिम्मत नै छ । यतिबेला नियतिले हामीलाई अप्ठ्यारो अवस्थामा ल्याएर छाडिदिएको छ । त्यसको सामना गर्ने सामर्थ्य छैन हामीमा । हामी लाचार अनि विवश छौं । ‘यो कस्तो माया बस्यो है हाम्रो, न त एक हुनै सकिने न त भुल्नै सकिने ।’ कहिलेकाहीँ यस्तै कुरा गरेर भावुक हुन्छौं हामी । म अलि बढी नै भावुक हुन्छु । ऊ सम्झाउँदै भन्छ, ‘निराशाका कुरा गरेर आफूलाई कमजोर बनाउनुहुन्न सधैं आशावादी र सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ ।

 

’हाम्रो भेट फेसबुकमार्फत भएको थियो। हामी दिनरात च्याटमा हुन्थ्यौं मीठामीठा कुरा गथ्र्यौं। कहिलेकाहीँ एक–अर्काको विगत सम्झेर रमाउथ्यौं, कहिले भावुक हुन्थ्यौं। वर्तमान र भविष्यका कुराहरू गथ्र्यौं। जिन्दगीका योजना बुन्दै सुन्दर सपना सजाउँथ्यौं। सायद, हाम्रो मन अनि भावना एउटै भएर होला छोटो समयमै हामी धेरै नजिक भैसकेका थियौं।

त्यसो त प्रवासी भूमिमा आत्मीयता बढ्नु स्वाभाविक हो तर हामीबीचको सम्बन्ध बिल्कुल फरक थियो । हामीले एक–अर्कालाई भेट्ने प्रयास कहिल्यै गरेनौं तर भावनात्मक रूपमा हामी हरपल सँगै रह्यौं।

 

ऊ फेरि अनलाइनमा हरियो बत्ती बाल्दै पिलिक्क झुल्कियो । उताबाट टाइप गरिरहेको संकेतसगै म्यासेज आयो ।

‘के गर्दै ? म त जान लागेको....’

‘बेस्ट अफ लक’ मैले रिप्लाई गरें ।

‘के को बेस्ट अफ लक नि ?’ उताबाट झर्किएझैं गरेर जवाफ आयो ।

मैले मन भारी पार्दै लेखें, ‘ल–ल केटी राम्रोसँग हेरेर विवाह गर्नू मेरो चिन्ता नलिनू,’

मैंले रिप्लाई दिँदासम्म ऊ अफलाइन भैसकेको थियो । मैले आफूलाई थाम्न सकिन । डाँको छाडेर कोठामा एक्लै रोइरहें । युट्युबमा लोकदोहोरी गीत बजिरहेको थियो,‘हाम्रो भेट हुन्न अब त....।’

 

 

भाग २

 

गितको धुनसँगै आँशुका भेल धेरै नै बगेछन् । यस्तो लागिरहेको थियो कि मेरो मुटुमा कसैले तीर रोपिरहेछ । उसको केटि हेर्न जाने कुराले मन धेरै नै विक्षिप्त भइरहेको थियो । मन थाम्न सकिन छेउमा रहेको वाईन सबै सकाएछु । म बिवाहित भएर नि माया गरेको थिएँ। चोखो माया जसको कुनै नाम थिएन । न त यो समाजले नाम दिन सक्थ्यो । न त स्विकार गर्न नै । सक्थ्यो त दिन केवल कलँकको दाग र नाम। तर प्रेम त पवित्र छ । म त्यो अवस्थामा थिएँ कि के सहि र के गलत छुट्याउने सामर्थ थिएन म मा ।

फेसबुकको मायाको भर हुन्न भन्थे तर मैले त उसलाई त्यहि फेसबुकबाट नै भेटेर माया लाएको थिएँ । उ सँग बोल्दा म बिवाहित हो भन्ने कुरा नै बिर्सिन्थे । हो सिन्दुरले नि छेक्न सकेन मायालाई । म डुबेको थिएँ उसको मायामा, उसको प्रेममा जसरी डुबेकी थिइन् राधा, भगवान श्री कृष्णको प्रेममा । आँशुसँगै पिएको वाइनले नशा चढ्न थालेछ । म दिनभर अनलाईन बसे । उसको म्यासेजको पर्खाईमा । तर उ अफलाईन थियो बिहान देखि नै । मैले नै उसलाई शुभकामना दिएर पठाएको थिएँ आँशु लुकाएर ।

 

मेरो एक्लोपनको सहारा थियो उ । श्रीमान त विदेशिएको २ साल बितिसकेको थियो मेरो । आउने कुनै छाँटकाँट थिएन । सन्तान नबनाई जानुभएको थियो । म एक्लै बस्थेँ कोठामा । उसको बाबा आमा गाउँमा थिए । बच्चा नबनाई जानू भएको उहाँ खासै ध्यान दिनुहुन्थेन मेरो । फोन कल पनि कहिले काहीँ गर्नुहुन्थ्यो । मायाको अभाव थियो मलाई, त्यै भएर होला फेसबुक मेरो सहारा थियो, दिनभरिको साथी । अनि उ, मेरो प्रेम,मेरो माया ! जसले मलाई साथ दिन्थ्यो ।

तर आज उ पनि टाँढा जाँदै थियो । हाम्रो मिलन असम्भव थियो तर पनि माया गहिरो थियो । तर उसलाई रोकेर उसको जिन्दगीपनि त बर्वाद बनाउन चाहन्नथे । नभेटि केवल फेसबुकको म्यासेन्जरबाट च्याट गरेर बसेको माया थियो उ । म उजाड शिशिर झै नाङ्गिएको थिएँ उ बिना । पानीबिनाको माछा झै छटपटाईरहेको थिएँ । ग्रहण लागेको त्यो जुन जस्तै ! किनकि मनले भनिरहेको थियो "तैँले गुमाईस् आजबाट उसलाई" भनेर ।

 

उसको प्रोफाईलका फोटोहरु हेर्दै सुँक्क सुँक्क गर्दै धिक्कार्दै थिएँ आफूलाई । म अर्धचेत अवस्थामा पुगेको थिएँ । मनको पीडा यति धेरै बढेछ कि सहन नसकेर वाईनको बोतल फुटाएर हात काटेछु । रगत बगिरहँदापनि दुखाईको महसुस थिएन मलाई किनकि मुटुको पीडा अघि सब निर्थक पीडा रहेछन् । म एउटा अपरिचित मान्छेको लागि यो सब गरिरहेको थिए । बिना नामको सम्बन्ध थियो हाम्रो । अनि सम्बोधन र सम्बन्ध थियो त केवल मायाको ।

 

 

हेर्दा हेर्दै दिन ढलेर रातको चाँदनी आकाशमा निस्किएछ । बाहिर चिसो बतास चलिरहेको थियो । उ अनलाईन आएको थिएन । रोएर मेरा आँखाहरु सुन्निएका थिए । खाना नखाई उसको म्यासेजको पर्खाईमा बसे । मैले म्यासेज गर्ने हिम्मत गरेको थिईन । सुन्ने हिम्मत जो थिएन । किनकि उ केटी हेर्न गएको थियो । एक्कासि उसको म्यासेज आयो । "डल्ली"  उसले बोलायो मलाई ।

मैले सुस्तरी टाईप गरेँ, "कस्तो लाग्यो केटी ?" यति लेख्दा सम्म मेरो आँखाबाट आँशुका ढिकाहरु खसिसकेका थिए । "राम्री लाग्यो, सबै गुण राम्रा छन् । घरबाट नि सबैले मन पराए ।" तिमी खुशी त छौ नि? उसले लेखेको थियो । भन्न चाहन्थे कि म कत्ति नि खुशी छैन हजुर बिना। प्लिज मलाई नछोड्नुस् भनेर तर हिम्मत थिएन किनकि वाधा थियो मेरो एक धर्को सिन्दुर र त्यो गलाको पोते ।

मैले लेखे, " खुशी छु नि जे जस्तो भएनि हजुर मेरो प्रिय मान्छे, फेरि हामी एक हुन नि त सक्दैनौ । हजुरको भविष्यको सवाल छ । अनि हजुरले कहिले बिहे गर्नु हुने त ?"

यति भनिसक्दा म डाँको छोडेर रुन पुगेछु । जमिन भास्सिएको अनुभव गरिरहेको थिएँ । कसैले छुरा प्रहार गर्दा त्यति पीडा हुन्थिएन होला जति त्यो बेला उसको जवाफको पर्खाईले दुखिरहेको थियो । त्यो चिसो हिउँदको समयमा नि म निथ्रुक्क पसिनाले भिजेकि थिएँ । शरिरका रौँहरु काँडा झै ठाँडो भएका थिए । किनकि यो सब उसको टाईपिङले भईरहेको थियो ।

 


भाग ३

 

उसले लेख्दै थियो, "मैले बिहे गर्दिन भन्दिए ।"

उसको कुरा सुनेर आँखाका आँशु थामिएका थिए भने ओठमा हल्का मुस्कान र मुटु शान्त भएको थियो । मर्न लागेको मान्छेलाई अमृत प्याला पिलाएर जिवित बनाए झै भएको थिएँ उसको कुरा सुनेर । मलाई दुखाईको पीडा भयो जुन मैले सिसाले हात काटेको थिएँ सायद मेरो नशा उत्रिएको थियो उसको कुरा सुनेर । सोधेर जान्न मन लाग्यो आखिर किन उसले ईन्कार गर्यो त बिहे गर्न ?

मैले सोधेँ, "किन हजुरले ईन्कार गर्नुभएको ?"

 

उसले भन्यो, "त्यहाँ जाँदासम्म मलाई वास्ता थिएन । तर जब मैले उनलाई देखेँ तब मेरो मनमा चस्स सियोले घोचे झै भयो । उसको रुपमा मैले तिमीलाई महसुस गरिरहेको थिएँ । यो सबै कुराबाट म अन्जान थिएँ। मलाई के हुँदै थियो म आफैँ बन्चित थिएँ । लाग्दै थियो कि मन भारी भएर बेस्सरी दुखिरहेको छ । तिम्रो याद धेरै आयो । तर किन ? म निरुत्तर थिएँ ।

 

उ भनिरहेको थियो एक-एक कुराहरु, म सुनिरहेको थिएँ जसरी सानोमा हजुरआमाले कथा सुनाउनुहुन्थ्यो हो त्यसरी नै म एक टक लगाएर सुनिरहेको थिएँ चुपचाप । उ टाईपिङ गर्दै थियो ।

उसले भन्यो, "किन यति धेरै आज मलाई तिम्रो याद आयो होला, किन सम्झिएर मन दुखेको होला, किन उसको मुहारमा तिमीलाई देखे होला ?

 

हो त्यो बेला महसुस गरे मैले मेरो माया तिमी प्रतिको । हामी एक हुँदैनौ थाहा त थियो र दिमागले बस् माया गर्छु भन्ने लाग्थ्यो तर म गलत रहेछु । हो म गलत रहेछु । मैले त तिमीलाई मनदेखि नै मनपराउन थालिसकेको रै'छु ।"

 

उसले यति भनिसक्दा म खुशीले नाच्न थालेछु । लाग्थ्यो सँसारको सारा खुशी पाए झै महसुस गरिरहेको थिए । यस्तो लाग्यो कि काश उ नजिक भए चुम्बनको बर्षात गर्ने थिएँ । म उसको लागि रुक्मिणी बन्न नसकेनी उसको लागि राधा थिएँ । उसको लागि मेरो मनमा मायाको भन्डार थियो । औँशीको जस्तै मुहार थियो केहिबेर अघि सम्म, अहिले पूर्णेको जुन जस्तो हँसिली भएको थिएँ म । उसको त्यो प्रेमिल शब्दले म मदहोस भएको थिएँ ।

उसले लेख्दै थियो, " डल्ली के तिमीपनि मलाई मनदेखि माया गर्छौ र मैले जस्तै ?

के तिमीलाई पनि मलाई जस्तै मन दुख्यो र आज ? भनन म सुन्न चाहन्छु।"

 

मैले खुशी हुँदै लेखेँ, "सानु, के भनुँ र म, मेरो त श्वास नै रोकिएको थियो । हजुरलाई सम्झेर धेरै रोएँ । म पनि हजुरलाइ धेरै माया गर्छु मनदेखि नै । मर्न सम्म तयार थिएँ हजुरको लागि । हात नि काटेँ सानु मैले त । यति भनेर मैले फोटो खिचेर पठाईदिएँ ।

उसले रोएको ईमोजि पठाएर लेख्दै थियो, " डल्ली प्लिज यस्तो नगर, मलाई गार्हो हुन्छ ।

म गुमाउन चाहन्न तिमीलाई ! I love u so much.

कत्ति दुख्यो होला,कत्ति रगत बग्यो होला । नजिक भएको भा पिट्थे अनि अँगालेर आफैँ फकाउँथे ।

म पनि उ सँगै रुँदै लेख्दै थिएँ, " हजुर बिना हजुरको डल्ली अधुरी छे सानु I love u too .... लेखेर मैले नि रोएको ईमोजि पठाएँ । त्यो पल खुशी र दुख दुबैको पल थियो । आँशुसँगको हाँसोको मिलन भएको थियो । अघि छट्पटिमा खसेको आँशु अहिले एक अर्काको लागि बग्दै थियो तर धेरै माया भएर ।

 

भिडियो कल गरेर उसले हेर्छु भन्यो अनि मैले नि हुन्छ भनिदिएँ । एक अर्कालाई हेरेर धेरै माया गर्यौँ, रोयौँ, शब्दमा बयान गर्न नसकेको कतिपय कुराहरु हामी दुबैको आँशुले दिईरहेको थियो । पहिलो चोटि मेरो सानु मेरो निम्ति रुँदै हुनुहुन्थ्यो । मैले पहिलो चोटि छोरा मान्छे रोएको देखेको थिएँ । आफुले माया गरेको मान्छेको आँखामा आँशु हेर्न नसकिँदो रहेछ । भक्कानिएर रुँदै उहाँलाई म नरुनुन सानु भन्दै सम्झाइरहेको थिएँ । त्यो रात एक अर्कालाई माया गर्दै चुम्दै बित्यो । बाहिर चिसो अत्याधिक भएको थियो । बोल्दा बोल्दै बिहानीको ३ बजिसकेको रहेछ ।

रोएर आँखा सुन्निएको थियो मेरो अनि निन्द्राले पुरै मातिसकेको थिएँ म तरपनि उहाँसँग बोल्न मेरो मन अघाएको थिएन ।

भोलि भेट्ने वाचा सहित उहाँले सुत्ने आग्रह गर्नुभयो । मन त थिएन तर मोबाईलको ब्याट्रीले नि साथ छोडिरहेको थियो । एक अर्कालाई भिडियो कलबाटै चुम्बन गरेर गुड नाईट भन्यौँ। त्यो चिसो मौसममा चिसो हावा चल्दा म कामेको थिएँ अनि उहाँको न्यानो अँगालो महसुस गरेको थिएँ । सोच्दै थिएँ कास मेरो सानु म सँगै भएको भए उहाँको अँगालोमा बाँधिएर उहाँको छातीलाई सिरानी बनाएर अँगालेर निदाउने थिएँ । यस्तै सोच्दा सोच्दै म त भुसुक्क निदाएछु । बिहान १२ बजे ब्युँझिएछु । मोबाईलमा १% ब्याट्रि रहेछ । ५० मिसकल आएको थियो उहाँको र कुनै एउटा नयाँ नम्बरबाट ।

उहाँले कल गर्दै हुनुहुन्थ्यो तर मैले उठाउन खोज्दा मोबाईल नै स्विच अफ भयो । अनि त्यो बेला लोडसेडिंग नि भएको थियो । अब के गर्ने मैले ? उफ् सोच्नै सकिरहेको थिईन ।

त्यसैबेला ढोकामा अचानक बेल बज्यो । को आयो मैले ठम्याउन सकिन । उठेर गएँ ढोका खोल्न किनकि धेरै बेर देखि ढोकाको बेल बजिरहेको थियो । तल झरेर मैले जब ढोका खोलेँ तब म झस्किए किनकि ढोकामा मेरो श्रीमान हुनुहुन्थ्यो ।

 

 

भाग ४

 

आफ्नो श्रीमानलाई ढोकामा बिना खवर आएको देख्दा म एकछिन त केही बोल्नै सकिन । लाग्यो कि अचानक ग्रहण लाग्यो मेरो जिन्दगीमा । सोचेको थिईन जिन्दगीले अचानक सर्प्राईज यसरी दिन्छ भनेर । यत्रो वर्ष विदेशमा बसेर नि कहिलेकाहिँ सम्झिने श्रीमानलाई देखेर रिस पनि उठिरहेको थियो । त्यै पनि जे जस्तो भए नि उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो । हल्का मुस्कुराउँदै खुशी भएको नाटक गर्दै उहाँलाई भित्र लगेँ रुममा ।

मेरो सानुको झल्झली याद आईरहेको थियो । किनकि यतिका सालपछि हामी पहिलो चोटि भेट्दै थियौँ । तर मोबाईल अफ थियो । उहाँ लुगा फेरेर फ्रेस हुन जानुभयो भने म चैँ खाना बनाउन तिर लागे । के गर्ने के नगर्ने दिमागले केही सोच्न सकेको थिईन । चिन्ता लागिरहेको थियो मेरो सानुले कत्ति फोन ट्राई गरिरहेको होला भनेर । अब बाहिर पनि के भनेर निस्किनु होला यहि सोच्दा सोच्दै बत्ती आयो । यस्तो लाग्यो भगवानले मेरो प्रार्थना सुनिदिनु भएछ त्यै भएर बत्ति आएको । हतार हतार मोबाईल चार्जमा लाएँ । मोबाईल अन गरेँ । धेरै मिसकल आएको थियो सानुको । कल गर्न लागेको थिएँ श्रीमान आउनुभयो फ्रेस भएर अनि हतार हतार मोबाईल साइलेन्टमा राखेर खाना पस्किन लागे ।

तर छोरा मान्छे न हो, हाम्रो शरिर र भावनासँग खेल्न पाए केही सोच्दैनन् । न त हामीलाई नै सोध्छन् । मलाई तानेर जताततै किस गर्न लाग्नुभयो । मैले नकारे जस्तो गरेनि आखिर उहाँ मेरो श्रीमान हो त्यै सोचेर मन नलागि नलागि साथ दिईरहेको थिएँ । त्यो बेला मेरो मन सानुलाई सम्झिएर धेरै रोएको थियो । म चाहेर नि रोक्न सक्दिन थिएँ । मलाई न उहाँसँग कुनै लगाव थियो न त त्यो गर्ने चाहना नै । जब मनले कसैलाई चाहन्छ नि त्यो बेला कुनै अर्को पुरुषले छोएको मन नपर्ने रहेछ । घिन लागेर आउँदो रहेछ । तर म विबश थिएँ ।

उहाँले मेरो शरिरसँग खेलिरहनुभएको थियो तर मेरो मन सानू भएको ठाउँमा पुगेको थियो । के गर्दै होला भनेर चिन्ता लागिरहेको थियो । आज एउटा पबित्र मनको नातालाई समाजले स्विकार गरेको सिन्दुर र गलाको पोतेले जितिरहेको थियो, निचोडिरहेको थियो अनि एउटा निश्चल मायाको हत्या भईरहेको थियो । त्यो पल मलाई उहाँप्रति घृणा लागेर आएको थियो । मलाई नसोधी म माथि झम्टिएर लुछालुछ पारि ईज्जत लुट्ने एउटा बलत्कारी झै लागिरहेको थियो । मेरो मन थिएन तर उहाँ त्यहि सिन्दुर र मेरो गलाको पोतेको आधारमा हक जमाएर लुटिरहनुभएको थियो ।

उ मेरो श्रीमान हो भन्ने आधार बस सिन्दुरको एक धर्का र गलाको मँगलसुत्र थियो । जुन त्यो पनि मलाई फाँसि जस्तो लागिरहेको थियो । जुन बेला मलाई एउटा साथीको खाँचो थियो त्यो बेला मलाई एक्लै छाडेर बिदेशीनु भएको थियो । उता गएर नि महिनामा कहिले काहीँ मात्र कल गर्नुहुन्थ्यो । अनि पैसा २/३ महिनामा एक चोटि पठाईदिनु हुन्थ्यो । नत मलाई त्यो पैसाले केही गर्न नै पुग्थ्यो । उहाँ सँगको मेरो मनको नाता खोसिसकेको थियो । माया त लाग्नै छाडेको थियो । विदेश गएर के गर्यो मैले कहिले सोधिन उसलाई न त उसले नै मलाई सोध्यो सन्चो बिसन्चो केही पनि । हो त्यो बेला मलाई मेरो सानुले धेरै माया र साथ दिएर मायाको आभाष दिलाएर मेरो मन जित्नुभएको थियो । तर त्यहि पुरुष आज मेरो शरिरसँग खेलेर आफ्नो पुरुषार्थ देखाईरहेको थियो मेरो शरिर सँग खेलेर । एउटा नारीको भावना नबुझ्ने श्रीमान देखेर छि भन्न मन लाग्यो तर पनि म स्तब्ध रहेर बस जिउँदो लास बनेर साथ दिईरहेँ । उहाँ केही बेरपछि थकित भएर बेडमा पल्टिनु भयो अनि म फ्रेस हुन बाथरुमभित्र पसेँ । बाथरुममा ढोका थुनेर आफ्नो भाग्यलाई दोष दिँदै सानुलाई सम्झिएर रोएँ । आफैँलाई धिक्कारेँ । किनकि आज मेरो सानुको, डल्लीको शरिरसँग एउटा समाजले श्रीमान भन्ने नाम दिएको मान्छेले सिन्दुरलाई प्रमाणित गरेर लुछेको थियो ।

 

म फ्रेस भएर सोच्न थाले कि अब म के भनेर निस्किनुहोला भनेर किनकि सानुलाई भेट्नु थियो मलाई । मेरो जिन्दगीको त्यो मान्छे जसलाई म आँखा चिम्लेर विश्वाश गर्न सक्छु । जो सँग मनको नाता थियो । हातको घडि हेरे ३ बजिसकेको थियो । हतार हतार रुमभित्र छिरेँ । त्यहि बेला मेरो फोन भाइब्रेसन मोडमा बज्यो । फोन आएको थियो सानुको । म उठाउन जाँदै गर्दा मेरो श्रीमानले उठाउनुभयो । यताबाट हेल्लो भन्न नपाउँदै उताबाट सानुले भन्दैहुनुहुन्थ्यो कि "डल्ली कतिबेर हो के म बिहान १० बजेदेखि कुरिरहेको छु। कति धेरै सताएको आफ्नो सानुलाई । प्लिज अब त आउ सहन सक्दिन । भेटेर अँगालो हालेर धेरै रुन्छु अनि त्यो गुलाबी ओठहरु चुम्छु।"

मेरो श्रीमानले म तिर हेर्नुभयो । अनि मैले उहाँलाई ।

मेरो मन जोड-जोडले धड्किरहेको थियो भने फोनमा उताबाट सानुले- " डल्ली किन नबोलेको के बिहानदेखि कत्ति चोटि कल गरिसके लाग्दै लाग्दैन अब जब लाग्यो तिमी फोन उठाएर नि बोल्दैनौ भन न केही त बोल प्लिज, डल्लि love u so much plz  बोलन"

 

 

भाग ५

 

त्यसपछि उहाँले रिसाउँदै फोन कट गर्दै भन्नुभयो, "थुक्क साला लाज पचेकि आईमाई, यै दिनको लागि मैले तँ सँग बिवाह गरेर ल्याएको थिएँ ? आज दुनियाँ नाठोसँग लागेर मेरो ईज्जत फालिस् हैन ? घरमा काम गर्नु नपरोस् भनेर एक्लै कोठामा राखेको नतिजा यो दिईस् हैन लाज पचेकि वेश्या ?"

भन्दै उहाँले मलाई झापड हान्नुभयो । म निशब्द आँखाबाट आँशु झार्दै चुपचाप उहाँको कुरा सुनिरहेको थिएँ । जे थाहा नपाउनुपर्ने त्यो थाहा पाउनुभएको थियो । अनि गल्ति मेरो नै थियो ।

उहाँले रिसले मेरो फोन भुईँमा फ्यालेर टुक्रा टुक्रा पारिदिनुभयो । मेरो आँखाबाट आँशुको बर्षात भईरह्यो किनकि त्यो फोनमात्र थिएन मेरो जिन्दगी जोडिएको थियो सानुसँगको । उहाँसँग जोडिएको हरेक कुरा थियो अनि ती सबै फोन टुक्रेसँगै टुक्रिरहेको थियो । म लाचार थिएँ । उहाँले गालीमाथि गाली गरिरहनुभएको थियो । वर्षौँपछि आउनुभयो अनि मलाई वेश्याको उपनाम दिँदैहुनुहुन्थ्यो । मेरो पवित्र प्रेम थियो तर पनि म एउटा श्रीमानको लागि वेश्या भएको थिएँ किनकि मैले अर्को परपुरुषसँग प्रेम गरेको थिएँ ।

मैले चुपचाप रुँदै केही नभनि फुटेको फोन उठाउँदै थिए । उहाँले रिसले मेरो कपाल तान्दै भन्नुभयो, "तँ जस्तो वेश्या समाजको कलङ्क होस् । दुनियाँ परपुरुषसँग सुत्ने? श्रीमान बिदेश भएको मौका पारि ? हामी विदेशमा दुख गर्न जान्छौँ आउने भविष्य सुनौलो होस् भनि तर तँ चैँ यहि मौका पारेर दुनियाँसँग सुत्दै हिन्छेस् ।" हो यस्तै गाली दिँदै हुनुहुन्थ्यो । उहाँले मलाई वेश्या भन्दा मनभित्र धेरै नै दुखेको थियो । जो चैँ विदेश गएर श्रीमति के गर्दैछ, कसो गर्दैछ कहिल्यै सोधेन आज त्यहि पुरुषले मलाई वेश्या भन्दै पिटिरहेको थियो ।

जिन्दगी नै अन्धकार लाग्यो त्यो बेला । दिमागले केही सोच्नै सकिन । लाग्यो आज मेरो अन्तिम दिन हो । भोलि गएर यो समाजले यो कुरा थाहा पायो भने मलाई नै कलङ्कको टीका मेरो ईज्जतमाथि लगाईदिन्छ । बरु मर्नै ठिक । हो यस्तै सोचिरहेको थिएँ । सानुको नि धेरै याद आईरहेको थियो । विचरा मेरो सानू, उहाँको त के नै गल्ति छ र, उहाँसँग भेट गर्न नपाउँदा मन रोएको थियो । अब त झन् फोन नै नरहेपछि कन्ट्याक गर्ने कुनै आधार नै थिएन । उहाँलाई गुमाए झै लाग्यो । एकातिर श्रीमान अनि अर्कोतिर प्रेमी ।

आज म हारेको थिएँ । सिन्दुर पछिको प्रेमले गर्दा वेश्याको उपनाम पाएको थिएँ । अनि त्यो उपनाम दिने मेरो आफ्नै श्रीमान थिए । आज एउटा पवित्र प्रेममा कलङ्कको दाग लाग्दै थियो भने त्यसको जिम्मेवार म थिएँ । एकातिर बिवाहित नारीहरुको मजाक उडाएकि थिएँ त अर्को तिर एउटा अविबाहित पुरुषको जिन्दगी । सबैतिरको दोषी म नै थिएँ । मैले दुबैजनाको जिन्दगीसँग खेलेझै महसुस गरिरहेको थिएँ । अनि यी सबै कुराबाट मेरो सानू बन्चित हुनुहुन्थ्यो । अब त शायद भेट नै हुन्न होला ।

 

उहाँ मलाई पिटिरहनुभएको थियो । जसरी जनावरलाई पिटिन्छ बिना दया र माया देखाई हो त्यसरी नै । मलाई दुखाईको महसुस नै भएको थिएन । दिमाग शुन्य भएको थियो । जिउँदो लास जस्ति भएकी थिएँ । मुखबाट रगतका धाराहरु बगिरहेका थिए भने जिउभरि सुम्लै सुम्ला । आज साँचो माया कसैलाई गर्दा मैले सजाय पाईरहेको थिएँ । यो कस्तो भाग्यको खेल हो । श्रीमानबाट माया नपाएको म आज उसैको हातबाट रगतसरि पिटाई खाईरहेको थिएँ । अनि जसलाई चोखो माया गरेको थिएँ बिचरा मेरो सानू उसले त आज म मरे भने नि खवर सम्म पाउँदैन थ्यो ।

मलाई लागिरहेको थियो कि अब म आज भगवानको प्यारो हुन्छु भनेर । मनमनै भनिरहेको थिएँ कि भगवानलाई " हे भगवान म मरिहाले भने मेरो सानुलाई बाँच्ने हिम्मत दिनु अनि म भन्दा धेरै माया र केयर गर्ने उसको जिबनमा ल्याईदिनु भनेर" ।

उहाँले मलाई झट्काउँदै गर्दा अचानक उहाँको गोजिबाट फोन भुईँमा खस्यो । मेरो किस्मत भनुँ या के त्यहि बेला ईमोमा कल आईरहेको थियो ।

जसमा लेखिएको थियो "बेबी"...

 

ईमोमा कल आईरहेको थियो तर उहाँले फोन साईलेन्टमा राख्नु भएको थियो त्यै भएर उहाँले थाहा पाउनु भएन । ईमोको कल काटियो तर एउटा म्यासेज ईमोमा आएको थियो जसमा लेखिएको थियो, " जानू नेपाल पुगेर कल गर्छु भनेको हैन? , म मिस गरिरहेको छु हजुरलाई!  छिट्टै फर्कनु है, love u so much....

 

 

भाग ६

 

त्यसपछि म रिसले उठेर फोनको म्यासेज देखाउँदै भने, "म कोहिसँग सुतेर नहिँड्दा पनि तैँले मलाई वेश्या भनिस् अब भन् यो वेश्या को हो तेरो ?" मैले तँ भनेर नै सम्बोधन गरेँ उसलाई । रिसले म कामिरहेको थिएँ । उ मलाई चुपचाप हेरिमात्र रह्यो । मैले नि सहन सकिन अनि श्रीमान नभनि दिएँ दुई झापड । रुँदै भने, "मैले त कसैलाई साँचो माया गरे उसलाई आजसम्म भेटिन तर तँ कुकुर विदेशमै अन्य स्त्रीसँग लागेर सुतिस् त्यै भएर मेरो वास्ता गरिनस् अब भन् म तँलाई के भनुँ ?"

हो यसरी नै म रिसले म कराईरहेको थिएँ । मुखबाट निस्किएको रगत पुछ्दै भने, "हो तँ जस्तो पुरुषले गर्दा आज कैयौँ नारीहरु विवश छन् अरु कोहिसँग माया लाउन । बिहे गरेसि माया र केयर गर्न सिक्नुपर्छ । घरमा ल्याएर मात्र सम्बन्ध राम्रो हुँदैन । आफू सात समुद्रपारि रावण बनेर रासलिला देखाईस् अनि मलाई यहाँ यतिका बर्षपछि आएर नभेटेको मान्छेको नाम लिँदै वेश्या नामाकरण दिन्छेस् ? थुक्क साला । श्रीमतीको भावनासँग खेलिस् आफू अपबित्र भईस् अनि मलाई पनि अपबित्र नै देखिस् ।

तँ पनि वेश्या नै होस् । श्रीमती हुँदा हुँदै अरुसँग लागेर यौन आनन्द लिने" ।

रिस अनि पीडा धेरै नै दर्दनाक भएको थियो मलाई । सहन नसकेर मैले नि उसको फोन फुटाईदिए । उ बस् चुपचाप घोसेमुन्टो लाएर बसिरहेको थियो । उसकै अगाडि उसको नामको सिन्दुर पुछ्दै अनि गलाको मँगलसुत्र चुँड्याएर फाल्दै भने, "आजबाट तँ मरिस् मेरो जिन्दगीबाट । तँ जस्तो पापी र धोकेबाज श्रीमान कसैलाई नमिलोस् । बिचरा ति नारीहरु जो बिदेश गएका आफ्नो श्रीमानलाई सम्झेर उसैको नाम लिएर, उसैको नामको सिन्दुर पोते लाएर, व्रत बसेर अनेक गर्छन् अनि तिमीहरु चैँ बिदेशमा रासलिला गर्दै दुनियाँ वेश्यासँग सुत्दै हिँड्छौ । पैसा माग्दा रिसाउँछौ, झर्किन्छौ विदेशमा पैसा फल्छ भन्दै सातो खान्छौ, आखिर यस्तै गरेर पैसा सक्दो रै'छौ र पो कराउने गर्दो रैछौ त । थुक्क कति सम्म हेप्छौ ए पुरुष ?  कैले सम्म हामीलाई अन्धकारमा राख्छौ ।"

 

आफ्नो श्रीमानको कालो कर्तुत देखेपछि एकपल पनि सँगै बस्न मन लागेन। अघिसम्म मै हुँ भन्ने पुरुष अहिले आफ्नो गल्ति देखेसि चुपचाप थियो । थुकिदिएँ मुखभरि । शरिर दुखेर हिँड्न नि नसक्ने भएको थिएँ । सानुको धेरै याद आईरहेको थियो । झरेको फोनको टुक्राहरु उठाएँ । कोठाबाट निस्किएर मोबाईल बनाउने ठाउँमा गएँ । एक हप्ता लाग्छ बनाउन भन्यो । सामान नभएको कारण ढिला हुने भयो । मन बेचैन थियो । यस्तो अवस्थामा सानुलाई भेट्न मनले चाहेन । उ त यी सबै कुराबाट अन्जान थियो । त्यसपछि श्रीमानसँग दुबैजनाको सहमतीमा डिभोर्ष गर्ने भयौँ । पाउनुपर्ने हकको आधारमा मैले अँश पाएँ । एक महिनापछि सबै कुरा भयो ।

सानुलाई फोन बनिएपछि कल गर्न खोज्दा लागेको थिएन । डिभोर्ष गर्ने चक्करमा मैले नै फोन गर्न भ्याएको थिईन । म्यासेज छोड्ने गर्थे तर उ अन आएको थिएन । धेरै दिन भैसकेको थियो । न त कल नै लाग्थ्यो । अब म स्वतन्त्र भैसकेको थिएँ एउटा यस्तो पुरुषबाट जो अरु कसैसँग सल्किएको थियो । म खुशी थिएँ । अबको दिनहरु म सानुसँग बिताउँछु भनेर ।

 

 त्यो भेट्ने दिन देखि सानुको न कल लागेको थियो न त कुनै म्यासेज नै । डर नि लाग्यो कतै सानुले नराम्रो काम त गरेन ? अहँ नाइ यस्तो त नहोस् । कि कतै बिरामी पो भयो कि ? हे भगवान सानुलाई केही नराम्रो नहोस् भनेर उसको लागि प्रार्थना गरिरहेँ हरदिन ।

उसको घर कता के हो केही थाहा थिएन। उसको यादमा हर दिन पिउने गर्थेँ । एकातिर मेरो श्रीमान जस्तो राक्षस देख्दा सबै पुरुषलाइ घृणा गर्न मन लाग्थ्यो भने अर्कोतिर सानु जस्तो पुरुष देख्दा सबै पुरुष एउटै हुन्नन भनेर मन बुझाउने गर्थे । तर आज एक महिना बित्दा पनि सानुको कुनै खवर नपाउँदा म अत्तालिएँको थिएँ । समाचार हेर्दापनि प्रेमिकाले भेट्न नआउँदा प्रेमीले गरे हत्या भन्दै न्युज आउँदा यो मन झस्किने गर्थ्यो । पत्रपत्रिकामा पनि खालि मायामा पागल भएर आत्महत्या गरेको कुरा बाहेक केही हुन्नथियो । यतिका दिन अनलाईन नआउँदा, मलाई अब भने भित्र-भित्रै डर लाग्न थालेको थियो ।

हरदिन अनलाईन आउँछ कि भनेर म्यासेज गर्थे तर अहँ कहिल्यै म्यासेज सिन भनेर देखाएन । कल गर्दा त्यो नम्बरमा उपलब्ध हुन सकेन मात्र भन्थ्यो । म पागलसरि भौँतारिएर हरदिन सानुलाई खोज्न थालेँ । मनमा लाग्थ्यो कि मेरो सानुले आत्महत्या गर्दैन भनेर तर समाचारहरुमा त्यस्तो देख्दा म धेरै नै आफुलाई पिडा महसुस गर्थेँ । कसैको मायामा म आज पागल झै भौँतारीरहेको थिएँ । कसैको प्रवाह थिएन थियो त केवल सानुको । न भोक न प्यास, न निद्रा न थकान सब हराउँदो रहेछ। हिम्मत पनि माया, अनि कमजोर पनि कसैको मायाले नै बनाउँदो रहेछ ।

सानुलाई नभेट्दा र केहि पनि खवर नपाउँदा म मरेतुल्य भएको थिएँ । आफुले माया गरेको मान्छे अचानक हराऊँदाको पीडा सार्है दर्दनाक हुँदो रहेछ । त्यतिबेला महसुस गरेँ । कति दिनको भोक र जहिल्यै पिएर अनिदो भएको कारण होला एकदिन सानुलाई सम्झँदा सम्झँदै म निदाएछु। बिहान ११ बजे आँखा खुल्यो । फेसबुक खोलेर हेरेँ सदा झै तर त्यो दिन मैले फेसबुकमा जे देखेँ त्यो देखेर मेरो धड्कन रोकिए झै भयो । अन्धकारले छाए झै भयो । आवाजबिहिन आँखाबाट आँशुका ढिकाहरु खस्न थाले ।

मैले जे नसोचेको थिएँ त्यो देख्न पुगेको थिएँ अनि चिच्याएको थिएँ "सानू" भनेर ।

 

 

भाग ७

 

मैले त्यहाँ फेसबुकमा सानुको आईडीमा कसैले ट्याग गरेको फोटो देखेको थिएँ। जसमा सानू एउटा हस्पिटलको बेडमा सुतेका थिए । मैले सोच्न सकिन आखिर यो सब कसरी भयो । कतै सानुले मेरो बारेमा त थाहा पाएन? हैन-हैन उसलाई कसले भन्ने हो र ? सानुलाई त्यो हालतमा देख्दा मेरो मन रोयो । कमेन्टबाट सानू रहेको हस्पिटल पत्ता लगाएर हतार हतार गएँ । हस्याङ फस्याङ गर्दै उ भएको रुममा पुगेँ । उसलाई हेर्ने कोहि थिएन । मानौँ कसैले ल्याएर छोडेको एउटा बेवारिसे लास जस्तो । मन रोयो परैबाट देखेर अनि दौडिएर सानुलाई बेडमै अँगाल्न पुगे । सानू सुतेको थियो । मैले अँगाल्न साथ होसमा आयो ।

मलाई देखेर झस्कियो । अनि आँखाभरि आँशु पारेर डल्ली भन्दै अँगालोमा बेर्यो । धेरै दिनदेखि केही नखाएकोले होला, अनिदो भएर होला अनि यतिका दिनपछि सानुलाई देख्दा खुशी सम्हाल्न नसकेर होला म बेहोस भएछु । जब म होसमा आएँ सानुले मेरो हात समाएर रोईरहेको थियो । अनि म बिउँझनासाथ आँखाभरि आँशु पार्दै भने, "सानू यतिका दिनसम्म मेरो याद आएन है, कता हराउनु भएको थियो, हजुरलाई आफ्नो डल्लीको याद आएन ? म पागल झै हजुरलाई कता कता खोजिन होला । हेर्नुस् त हजुरको डल्लीको के हालत भएको छ ! के भयो म जान्न चाहन्छु प्लिज । हो म यसरी नै रुँदै भन्दै थिएँ ।

 

सानुले मेरो आँखाको आँशु पुछ्दै भन्नुभयो, "डल्ली त्यो दिन कति पर्खेर बसेँ तिमिलाई तर तिमी आएनौ न त फोन नै लाग्यो । एकचोटि लाग्यो तर तिमी बोलेनौ । म मात्र बोले अनि तिमीले फोन काटिदियौ । त्यसपछि त फोन नै लागेन । यस्तो लाग्यो कि तिम्रो माया सबै खेल रहेछ । अनि म आफैँलाई धिक्कार्दै रोएँ । बेहोसीमा बाटोमा आउँदा आउँदै अगाडिबाट एउटा भ्यानले ठक्कर दिएछ । जब मलाई होस आयो तब मैले आफूलाई हस्पिटलमा पाएँ । गहिरो चोट लागेको कारण कतै जान सकिन । फोन नि कता पुग्यो त्यो दुर्घटनापछि केही थाहा भएन । तिमीसँग कन्ट्याक गर्ने कुनै माध्यम नै थिएन अनि म बस् भाग्यलाई धिक्कार्दै बसे ।"

 

उहाँले त्यति भनिसक्दा म भक्कानिएर रोएँ । सानुलाई अँगालेर माया गरे । मेरो सानुलाई झन्डै गुमाएको मैले । भगवानलाई धन्यवाद दिएँ । यो पलको लागि । जिन्दगीमा पहिलोचोटि धेरै खुशी भएको थिएँ । एकपल नि छोड्न मन लागेन मेरो सानुलाई । उहाँले मेरो आँखाको आँशु पुछ्दै भन्नुभयो, "सानू के म सँग बिहे गर्छौ ?"

यति भनिसक्दा मेरो आँखाबाट खुशीको आँशु खसिसकेका थिए । अनि रुँदै टाउको हल्लाएर "हुन्छ" भने । त्यो पल आँसु र खुशीको मिलन भएको थियो । सायद यसैलाई भन्दा रहेछन् आँसु र हाँसोको सँगम ।

त्यसपछि हस्पिटलको सबै बिल तिरेर म र सानु एउटा मन्दिरमा गएर बिवाह गर्यौँ । त्यो दिन मेरो जिन्दगीको नयाँ सुरुवात थियो मनले चाहेको आफ्नो मान्छेसँग म बिवाह बन्धनमा बाँधिदै थिएँ । मेरो सानुले मलाई आफ्नो भनेर चिनाउनको लागि यो समाजमा एउटा नाम दिँदै हुनुहुनथ्यो । उहाँको श्रीमतीको दर्जा दिँदै हुनुहुन्थ्यो । भगवानलाई साक्षी राखेर मेरो खालि सिउँदोमा सिन्दुर भर्दै हुनुहुन्थ्यो अनि गलामा मँगलसुत्र । आफूले माया गरेको मान्छेसँग बिवाह गर्न पाउँदा स्वर्ग नै पाए झै लाग्ने रहेछ ।

म धेरै खुशी थिएँ अनि मेरो सानुपनि । हामी दुबैजनाले बिवाह गरेर सानुको कोठामा गयौँ । पहिले हामी दुबैजना गएर मेरो सामानहरु ल्याएँ अनि त्यसपछि उहाँको कोठामा लगेर राख्यौँ । यी सबै कुराबाट सानुको परिवार बन्चित थिए । हाम्रो पहिलो रात थियो । मलाई आज पहिलो पटक लाज र शरम लागिरहेको थियो । आज पहिलो रात उहाँ मेरो सामु आउँदा मेरो मुटु जोर जोरले धड्किएको थियो । यस्तो अनुभव मैले कहिल्यै गरेको थिईन । साँच्चै आफ्नो मान्छेले छुँदा त आङ नै सिरिङ्ग हुने रहेछ । त्यो रात रँगिन अनि खुशीको रात भएर बित्यो । अनि म उहाँको अँगालोमा बाँधिएर सुते ।

 

बिहान उठेर बाहिर निस्कनसाथ मलाई रिङ्गटा लाग्यो । सानू सुतिरहनु भएको थियो । वाक वाक लागेर हल्का वान्ता नि भयो । के भयो मैले सोच्नै सकिन । यस्तो त कहिल्यै भएको थिएन । सोचेँ धेरै दिनदेखि केही नखाएको र निन्द्रा कम भएर होला भनेर वास्ता गरिन । सानुले भित्रबाट लेमोन टि मगाउँदा मलाई अमिलो कागती देख्दा कस्तो खाउँ खाउँ लाग्यो । अब भने मलाई डर लाग्न थाल्यो । कतै म प्रेग्नेन्ट त भईन ? उफ कस्तो सँकट आईलाग्यो । दिमाग नै शुन्य भयो । चिया बनाएर खाना पकाउन लागे । बेला बेला बान्ता हुना थालेसि हस्पिटल जाने सोचे अनि सानुलाई खाना दिएर बाहिर काम छ भनेर निस्किएँ ।

हस्पिटलमा गएर पिसाब जचाएँ । घरमा नि आफैँ चेक गर्न सक्थे तर सानुले थाहा पाउँछन् भनेर म हस्पिटल आएँ । रिपोर्ट आयो । जे नहोस् भन्ने चाहेको थिएँ आखिरमा त्यहि भयो । म प्रेग्नेन्ट भएको थिएँ । अनि त्यो मेरो सानुको थिएन । थियो त त्यो पापीको जसले मलाई आज फेरि यस्तो अवस्थामा पार्यो । आफैँलाई धिक्कार्न थालेँ । किन खुशी लुट्दैछस् भगवान भनेर मनमनै गालि गरेँ । बेहोसीको तालमा रिपोर्ट लिएर रुम पुगे । सानू रुममा हुनुहुन्थेन । धेरै सोचेर टाउको दुखेको कारण चिया बनाएर पिउन थालेँ ।

तर अफ्सोच,,,

मेरो प्रेग्नेन्सीको रिपोर्ट प्यासेजमा खसेको रहेछ । अनि त्यो रिपोर्ट लिएर मेरो सानु मेरो नजिक आउनु भयो ।

 

 

भाग ८

 

अनि उहाँले भन्नुभयो, " डल्ली यो सब के हो ? मैले त केही सोच्नै सकिन । कसरी ? कहिले ? अनि को बाट ?

उहाँ निराश भएर सोफामा थचक्क बस्नुभयो । मानौँ अब सम्बन्ध नै सबै सकिए जस्तै ।

उहाँको सोधाईले मेरो धड्कनले साथ छोडिसकेको थियो । मानौ अब तेस्रो विश्व युद्ध हुनेवाला छ । अनि हार मेरो हुनेछ । उहाँको नजिक गएर त्यो दिनको घटना सबै रुँदै सुनाए । जुन कुरा म खोतल्न चाहन्नथिएँ त्यो कुरा आज यो बसेको बच्चाको कारण खोल्दै थिएँ । आज मेरो माया/प्रेम सबै दाउमा थियो । मिलन हुन नि सक्थ्यो अनि छुट्नपनि । सोचेजस्तो जिन्दगी नहुने रहेछ । भाग्यले सधैँ सोचेजस्तो नदिएर उल्टो दिँदोरहेछ ।

आज म त्यहि अवस्थामा गुज्रिरहेको थिएँ । सानुलाई म भन्दैथिएँ, "सानू, मेरो केही गल्ति छैन, म विवश थिएँ । डिभोर्षको चक्करमा मैले बच्चा बसेको याद नै गरिन । फेरि तिमी हराउँदा म बेहोसी नै भएको थिएँ । प्लिज म हजुरबिना बाँच्न सक्दिन । हजुरलाई पाउन मैले सबथोक त्यागेकि छु अनि आउने दिनहरुमा नि त्याग्न तयार छु । प्लिज केही त बोल्नुस् ।" म उहाँलाई सम्झाईरहेको थिएँ । उहाँ मेरो कुरा चुपचाप सुनिरहनुभएको थियो । धिक्कार्दै थिएँ आफ्नो भाग्य देखेर । अनि यो पापीको बच्चाले आज बसिसकेको घर उजाडिरहेको थियो ।

सानु धेरै बेर मौन बसेपछि मलाई डर नि लाग्यो । अनि मैले सानुलाई हेर्दै भने, "सानु प्लिज केही त बोल्नुस् , अझैपनि केही बितेको छैन । हजुर भन्नुहुन्छ भने म भ्रुण हत्या गर्न तयार छु यानि कि म दवाई खाएर फाल्न तयार छु तर म हजुरलाई छोड्न सक्दिन प्लिज । मेरो जिन्दगी नै तपाईं हो ।"

म रोईरहेको थिएँ । सानुले आफूलाई सम्हाल्दै मेरो आँशु पुछ्दै भन्नुभयो,

" ठिक छ त्यसो भा, हामी यो बच्चा......!!!

"ढक,ढक,ढक" ढोकामा कसैले ढक्ढकायो । सानुले पूरा कुरा भन्न नपाउँदै कोहि आएको थियो । उहाँ ढोका खोल्न जानुभयो आफ्नो आँशु पुछ्दै अनि मैले नि आफ्नो आँशु पुछे ।

आखिर यति राति को आयो होला । म सोचमग्न भएको थिएँ । होस् तब आयो जब सानुको साथमा मैले उहाँको बाबा र मामुलाई देखेँ । अब म के गरूँ दोधारमा परेँ । छोरा एक महिनादेखि खबरविहिन भएसि के भएछ भनेर शायद भेट्न आउनुभएको थियो होला । उहाँको बाबा र आमा दुबैजनाले मलाई त्यहाँ देख्दा आश्चर्य मान्दै उहाँकी आमाले सानुलाई "को हुन यिनी ?" भनेर सोध्नुभयो । सानुले डराएर "तपाईँहरुकी बुहारी" भन्न नपाउँदै सानुको बाबाले सानुमाथि हात हाल्दा मेरो सास नै रोकिए जस्तो भयो । बाबाले रिसाएर भन्दै हुनुहुन्थ्यो, "यहि केटिको लागि तैँले बिहे ठुक्राएको थिईस्, कुलघराना के हो केही नबुझि शहरको रमझममा शुन्दरतामा देखेर बिहे गरिस् हैन ? थुक्क कुकुर" । म डराएर सानुको पछि आँखाभरि आँशु पारेर रुँदै थिएँ ।

 

आमाले पनि सानुलाई कराउँदै आफूहरुको ईज्जत लिलाम गर्यो भन्दै रुँदै हुनुहुन्थ्यो । बाबाले सानुको हातको प्रेग्नेन्सी रिपोर्ट देखेर भन्नुभयो, "थुक्क भुँडीपनि बोकाईसकेछ । हे भगवान यहि दिनको लागि तँलाई शहरमा राखेर पढाएको हामीले ? मेरो गाउँको ईज्जत र मान मर्यादा सबै बालुवामा मिलाईस् हैन ? भन्दै सानुलाई पिट्दै गर्दा सानुको मुखबाट जे ननिस्कनुपर्ने थियो त्यो शब्द निस्कियो । जुन शब्दले उहाँहरु माथि ठूलो बज्रपात आयो । "त्यो मेरो बच्चा होईन " । यो शब्दले भित्ताभरि गुन्जयमान भएको थियो । अनि मेरो मन टुटेको थियो । आज एउटा साँचो प्रेम कसैको पापको कारण टुट्न जाँदैथियो भने कसैको परिवारभित्र झगडा नि पर्दैथियो ।

 

यो कुरा सुनेर उहाँको बाबाले जुन शब्दको प्रहार गर्नुभयो त्यो शब्दले मेरो मन छिया छिया भयो । "वेश्या पो रै'छे" यो शब्द मैले सुन्न सकिन । सानुले बाबालाई भन्दै हुनुहुन्थ्यो,"बाबा उ वेश्या होईन मेरो प्रेम हो, म माया गर्छु उसलाई" यति भनिसक्दा उहाँको आमाले सानुलाई झापड हान्दै भन्नुभयो, "कुन जुनिको पापको भारि बोकाउँदैछस् ए कुलङ्गार, यस्ति बेस्यासँग कसरी बिहे गर्न पुगिस् ? लौन नि यो बोक्सीले त मेरो छोरालाई खान नै आँटिछे । टुनामुना लाएर मोहनी लगाईछे साला वेश्या आईमाई भन्दै मलाई पनि पिट्नुभयो ।

 

सानुले छुटयाउन खोज्दा उहाँको बाबाले भन्नुभयो, "यो कुरा मेरो गाउँमा कसैले थाहा पाए भने हाम्रो ईज्जत सबै जान्छ छोरा । अब एउटै उपाय छ । कि त तँ यो वेश्यालाई रोजेर हाम्रो मरेको मुख देख्छस् होईन भने आफ्नो जन्मदिने आमा र बाबाको माया लाग्छ भने हामीसँग हिँड अहिले नै गाउँ । त्यसो गरिस् भने हाम्रो ईज्जत नि जोगिन्छ। बाँकि तेरो ईच्छा ।"

 

उफ यो कुरा सुनेर सानू थचक्क भुईँमा बस्नुभयो । आँखाभरि आँशु पारेर । अनि म त्यो कुरा सुनेर निशब्द भएको थिएँ। म जिउँदो लास जस्ती भएको थिएँ । बस् आँसुको भेल बर्खायाम झै बगिरहेको थियो । सबैको आँसु बगेको थियो अनि सबैको आ-आफ्नो पिर र व्यथा थिए ।

आज समयले मेरो सानुलाई त्यो मोडमा ल्याएर छोडेको थियो जहाँ दुईवटा बाटो मध्ये एउटालाई रोज्नुपर्ने थियो । अनि त्यो बाटो सरल थिएन । मृत्युभन्दा कठिन थियो । सबैकुरा सानुको हातमा थियो । आज भगवानले परीक्षा लिँदै थियो जिन्दगीको । आज एउटा साँचो प्रेम र आमा बाबाको प्रेमबिच युद्ध हुँदैथियो । अनि त्यो युद्धको परिणाम एकदमै घातक थियो । प्राण घातक थियो । सबैको आस सानुमाथि थियो । म जस्तै उहाँको बाबा र आमाले पनि सानुलाई आँखाभरि आँशु पार्दै हेर्दै थिए बस् सानुको एक जवाफको पर्खाईमा । आज एउटाको जितमा अर्कोको हार निश्चित थियो । अनि त्यो हार र जितको जिन्दगीको खेलमा सबै भन्दा ठूलो हार सानुको हुने थियो ।

 

 


भाग ९

 

सबैको अन्तिम आश अब सानुको एक निर्णयमा थियो । अनि मेरो त झन् ,,,खै के भनौँ त्यो क्षण,त्यस्तो परिस्थिति कसैको जिन्दगीमा नआओस् । दुई मध्ये एक रोज्दापनि आखिर एक जना त खुशी होला तर रोज्ने र अर्को नरोजिएको मान्छे दुवै टुट्छन् । आज मेरो सानुको जिन्दगीको त्यो परीक्षा थियो जहाँ कुनै एक मात्र रोज्दापनि आँशु आउने नै थियो । आज कोहि खुशी हुने थिए त कोहि दुखी । "वाह रे दैब वाह!!! तेरो लिला अपरम्पार छ । जसलाई यति धेरै दुख छ पहिले देखि नै उसैलाई झन् दुख माथि दुख दिन्छेस् ।" म मनमनै भगवानको लिलालाई धिक्कार्दै थिएँ । मेरो सानु रोईरहनुभएको थियो ।

उहाँ आमा र बाबा सँग भन्दै हुनुहुन्थ्यो, "बाबा,आमा मेरो लागि तपाईँहरु र मेरो डल्ली उत्तिकै महत्व छ । तपाईँहरु मेरो मुटु हो भने डल्ली मेरो धड्कन हो । म एउटालाई रोजेर अर्कोलाई कसरी लत्याउन सक्छु? प्लिज मेरो लागि समान छन् दुवैतिर । सँगै मिलेर बसौँ न ।" मेरो सानुको आँशु देखेर म नि धेरै रोएँको थिए । सानुको आँशु देख्न नसकेर पुछ्न जाँदै थिएँ सानुको बाबाले एक्कासी भन्नुभयो, "नछो मेरो छोरालाई वेश्या, कुन पापीको पेट बोकेर मेरो छोरालाई फँसाउन आईस् । तँ जस्तो आईमाई त समाजको कलङ्क होस् । थुक्क कुलङ्गार्नी तेरो बाउ आमाले यहि दिनको लागि तँलाई जन्माएको रहेछ ।" उफ् यो शब्दले मेरो प्राण नै उडे जस्तो भएको थियो ।

 

आमाले पनि सानुलाई भन्दै हुनुहुन्थ्यो, "९ महिना कोखमा राखेर हुर्काएको मैले छोरा तँलाई । तेरो जन्मदिने आमा हुँ म । आज एउटा वेश्याको लागि आफ्नो आमालाई रुवाउँछस् ? दश धारा दूध रगतसरि चुसाएर मैले तँलाई हुर्काएकी हुँ । तेरो बिहे यो भन्दा राम्रीसँग कुलघरानाकी केटीसँग गर्दिन्छौँ । तँ पिर नगर, छोड्दे यो डङ्किनी बोक्सीलाई । आज म आमा तेरो सामु भिख माग्छु, यतिका सालपछि तँ सँग पहिलो चोटि माग्दैछु, मैले भनेको मान छोरा, होईन भने हाम्रो ईज्जत जान्छ । त्यो ईज्जत गएको अरुले थाहा पाउनु भन्दा अगाडि नै बरु हामी दुईजना बुढाबुढी मर्दिन्छौँ तेरो खुशीको लागि ।"

 

मेरो सानू "आमा त्यसो नभन्नुस् न म कसरी तपाईँहरु मरेको देख्न सक्छु ।" भन्दै आफ्नो आमाको आँशु पुछ्दै आमालाई अँगाल्दै हुनुहुन्थ्यो । आज एउटा नारीले अर्को नारीको मर्म बुझ्न सकेन । एउटा आमाले एउटा कसैको छोरीको प्रेम बुझ्न सकेन । आज एउटा नारी अर्को नारीसँग हार्दैथियो । प्रेम उत्तिकै थियो फरक यति थियो कि आज सिन्दुरपनि हारेको थियो आमाको ममताको अगाडि । म त्यो दृश्य हेरिरहेको थिएँ । निर्जिव वस्तु झै भएर । बाबाले त मलाई देखि सक्नु भएको थिएन । आफैँलाई प्रश्न गरे, " के सबैका बाबा र आमा आफ्नो सन्तानको प्रेम खोस्ने हुन्छन् र ? आज सजिलै जितेको थियो बाबा र आमाको ममताले एउटा छोरालाई अनि एउटा पबित्र प्रेमको बन्धनले हार्दै थियो ।

कुनैबेला त्यहि सिन्दुरको आडमा कसैले लुछेको शरिर मेरो आज त्यहि सिन्दुर र मँगलसुत्रको नाममा मेरो मन लुछिरहेको थियो । म लाचार थिएँ । मेरो जिन्दगीमा सानू बाहेक कोहि थिएन । उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो त्यो नि भगवान साक्षी राखेर मानेकी थिएँ तर आज त्यहि नियतिले मेरो सानुलाई म बाट खोसेर टाँढा लाँदै थियो । एउटा परिवार मिल्दै थियो भने अर्को तिर एउटा माया छुट्दैपनि थियो । यस्तो लाग्दैथियो आजको दिन भगवानले हरेक जुनिमा गरेको पापको सजाय मलाई दिँदै हुनुहुन्थ्यो । अनि म भोग्दै थिएँ । त्यो पीडा मेरो लागि मृत्यु समान थियो । मेरो सानुले बिस्तारै म तिर आँखाभरि आँशु पार्दै हेर्नुभयो । उहाँको बाध्यता र हार दुवै कुरा उहाँको आँशु र मौनताले दिँदै थियो । उहाँ मेरो नजिक आउनुभयो ।

 

मेरो आँशु पुछ्दै भन्नुभयो, "डल्ली आज म हारेको छु । एउटा छोरा कसैको ममताको प्रेममा हारेको छ उसको आमा र बाबालाई जिउँदो देख्नको लागि । म हेर्न सक्दिन मेरो बाबा र आमालाई मरेको हेर्न । आज हाम्रो पबित्र मायाको बन्धन पासो भयो डल्ली । आज आमाको ममताको आँचल फैलिएर केही माग्दा म टुटे । सास गएको छ मेरो । म आत्माबाट मरेको छु । जिवनमा पहिलो चोटि केही माग्नुभयो आमाले जसमा तिमीबाट तिम्रो सिन्दुर खोस्नुभयो । म पापी र हत्यारा बन्न सक्दिन उहाँहरुलाई मारेर किनकि भोलि गएर यो समाजले मलाई थुक्छ । बद्नामीको दाग लगाईदिन्छ र भन्छ, "कस्तो हुत्तिहारा सन्तान जन्मिएछ, एउटा केटीको लागि बाउ आमालाई मार्यो भनेर ।"

"अर्कोतिर पबित्र मायाको बन्धन तोड्दैछु डल्ली मलाई माफ गर । मैले सक्दो कोसिस गरे सकिन प्लिज मलाई माफ गर । म छोड्दैछु तिमीलाई आजबाट । पलभरमै सबै खुशी खोसियो मबाट । एउटाको खुशी रोज्दा अर्कोको प्रेमको हत्या गरेको छु मैले । तिम्रो अपराधी हो म डल्ली । म बिवश छु । माफ गरिदेउ मलाई ।"

 

मेरो सानु मसँग हात जोडेर बिदा माग्दै हुनुहुन्थ्यो या बाबा र आमाको मृत्युको भिख थाहा थिएन तर उहाँ टुट्नु भएको थियो । उहाँले भन्नुभयो, "डल्ली मेरो बाबा र आमाको खुशीको लागि मैले तिम्रो प्रेमको हत्या गरे तर म चाहन्न अब तिम्रो पेटभित्रको बच्चा हत्या गरेर अर्को पाप गरुँ । मलाई माया गर्छौ भने तिमीलाई मेरो कसम यो बच्चालाई जन्म दिएर मलाई पापी हुनबाट बचाउ । म सहन सक्दिन यति धेरै पापको भारि बोकेर जिउन प्लिज ।"

 

 

उहाँले मेरो हात आफ्नो टाउको माथि राख्दै कसम खुवाउँदै हुनुहुन्थ्यो । म रोईरहेको थिएँ । निशब्द स्वासले मात्र । हिजो मात्र बिहे भएको आज बिछोड भएको देख्दा मलाई सपना जस्तो लाग्यो । तर त्यो सब हकिकत थियो । मेरो सानुसँग हिम्मत थिएन तर जसोतसो सकि नसकि हातहरु कमाउँदै मेरो गलाको मँगलसुत्र तानेर चुड्याउँदा मेरो प्रेम चुँडिएको थियो । अनि जब उहाँले आफैँ रँगाईदिएको सिन्दुर पुछ्न हात लानु भयो तब उहाँको हात जोरले कामेको थियो अनि आँशुहरु बेमौसम खसेका थिए आकाशको बादल फाटेर बर्षात भए झै । उहाँले सिन्दुर पुछ्दै गर्दा सकि नसकि चिच्याउँदै पुछ्दा म आँखा चिम्लिएर आँशुसँगै बगेको त्यो सिन्दुरले पबित्र बन्धनको मायापनि पखालिँदै थियो ।।।

बस् हत्या हुँदै थियो कसैको ममताको खातिर र हत्यारा मेरो सानू थियो अनि मृत्युसरि बलिदान मैले दिँदै थिएँ । कसैको नासो फर्काउँदै थिएँ ।।।   

 

 

 

 

 

भाग १०

 

म एउटा कठपुतली झै थिए सबैको लागि । हिजोको दिन कसैले खेलायो अर्कै पाएर आजको दिन नि परिवारको ममताले खेलायो मलाई । आखिर जतैबाट एउटी नारी दबिँदै गईरहेकि थिईन्। अन्याय भएको थियो म माथि त्यो दैबले पनि आज गलत न्याय दिँदै थियो । त्यो पल सबैको आँखामा आँशु थियो तर फरक यति थियो कि कसैको आँशुले ईज्जत र मान मर्यादा अनि आमा र बाबाको ममता जोगाएकोमा खस्दै थियो । अनि सानुको आँशु बाध्यतामा खस्दै थियो । अनि मेरो ???? मेरो आँशुको मूल्य नै थिएन त्यहाँ । भन्छन् नारीको आँशुको अगाडि हरेक पुरुषले हार्छन् रे, हो रहेछ । आज आमाको आँशुले जितिरहेको थियो ।

तर मेरो आँशु मूल्यहिन थियो । त्यो आँशुले सबैथोक बगाउँदै थियो । खुशी, उत्साह, हर्ष सबै । मेरो आँशुले सानूलाई नि रोक्न सकेन । साँच्चै आज म वेश्या झै भएको थिएँ । यो ठाउँमा पुर्याउने नि त्यहि पुरुष अनि वेश्याको कलङ्कको नाम दिने नि त्यहि पुरुष । नारीको मर्म एउटा नारीले त बुझ्न सकेन आज । म पागल झै भएको थिएँ । जे भएको थियो त्यो सबै यो पापको कारण भएको थियो जुन मैले कुनै एक पापीको बोकेको थिएँ । एउटा बाउबिहिन आमा थिएँ आज म । अनि डिभोर्ष गरिएको एकल महिला । मलाई थाहा छ यो समाजले डिभोर्ष भएको महिलालाई बाँच्न दिँदैन । अनेक लान्छना लाउने गर्छन् । अनि ती सब नारी नै हुन्छन् ।

 

 

थाहा छैन भोलिको दिन यो समाजले मलाई बाँच्न पनि दिन्छ कि नाई । हरदिन मानसिक तनाब दिन्छ होला । हर दिन वेश्याको उपनाम दिन्छन् होला । हर दिन पुरुषको कुदृष्टि गिद्द झै यो शरिरमा पर्छ होला । समाजको कालो धब्बा भनेर हर ठाउँबाट निकालिन्छ होला । नाठो खेलाउँदै हिँड्दो रै'छे र त बुढाले छोडेछ भनेर आरोप लाउँछ होला । अनि यो पेटको बच्चाको बाउ नि थाहा छैन होला अनेक पुरुषसँग सुतेर हिँड्ने वेश्यालाई भन्दै पिटिन्छ होला । थुक्छन् होला । अनि यो सबै यहि समाजमा बस्ने शिक्षित र अशिक्षित दुवै थरिका नारीले नै भनिरहेका हुनेछन् तर मेरो मर्म बुझ्ने कोहि हुँदैन । त्यै भएर होला कैयौँ डिभोर्ष भएका महिला यस्तै अत्याचार सहन नसकेर आत्महत्या गरेका । मरेपछि पनि थुक्ने नारीको कमि छैन । मेरो पनि भविष्य यहि हुनेवाला थियो ।

जाने बाटो कतै थिएन ।

 

सानुलाई उसको बाबा र आमाले लिएर जाँदै गर्दा सानुले फर्किएर हेर्दा आँखाभरि आँशु थियो । सायद पबित्र प्रेमको र एउटा श्रीमानको कर्तव्य निभाउन नसकेकोमा म सँग आँखाको भाकामा माफी माग्दै हुनहुन्थ्यो । अनि म आँशु बगाउँदै बिदा दिँदै थिएँ । हाम्रो प्रेम पखालिँदै थियो । सायद भगवानलाई नि पछुतो भयो होला सानू र म बाध्यतामा छुट्दापनि प्रेम पबित्र देखेर, आकाश बर्षियो । आज म सँगसँगै आकाश नि रोयो । मेरो सानू ओझेल नहुन्जेल सम्म हेरिरहेँ । आफ्नै पेटमा छुरा रोपेर यो पेटको बच्चालाई मार्न मन लाग्यो । दोषी थियो यो बच्चा अनि पापपनि । किनकि यहि बच्चाको कारण मैले वेश्या नाम पाएँ । सानुलाई गुमाएँ । धिक्कारेँ त्यो पेटभित्रको पेटलाई । मार्न मन लाग्यो पनि तर सानुले आफ्नो कसम खुवाउनुभएको थियो ।

 

सानुलाई सम्झँदै भन्न थालेँ, " सानू यो कस्तो कसम दिएर जानुभयो । छोडेर नि जानुभयो अनि बच्चा नि मार्न दिनु भएन । यो समाजमा यो बच्चा कसको भनेर सोध्दा म के जवाफ दिउँ ? कुन बाउको उपनाम दिउँ ? यो पापको कारण ठक्कर त मैले खानुपर्छ । बाउबिहिन सन्तान जन्माएर पाल्न एउटी नारीलाई जतिको पीडा कसैलाई हुँदैन । सायद तपाईँ बुझ्नुहुन्न त्यै भएर त कसम खुवाएर जानुभयो ।" म बस् रोईरहेँ। सानुले आफ्नो धड्कन छोडेर जानुभएको थियो । एउटा जिउँदो लास मात्र ग'को थियो परिवारसँग तर आत्मा त मसँग थियो र त्यो आत्मा म थिएँ । सानुलाई पनि दोषी देख्न सकिन । उहाँपनि विबश हुनुहुनथ्यो । त्यसो भा दोष कसको ???

यो पापी बच्चा ? सानू ? उसको परिवार ? मेरो अतित या म ? म आफैँ निरुत्तर थिएँ ।

 

सबै आफ्नो ठाउँमा सहि थिए होलान् तर सबैतिरको चोट त मैले पाएको थिएँ। अन्त्य त मै माथि आएर टुङ्गिएको थियो । आज नारी हुनमा मलाई पाप लागिरहेको थियो। पुरुषले त गल्ति गरेनि दोषि त आखिर नारी नै देखिँदो रहेछ । त्यसको उदाहरण म नै त थिएँ । मेरो सुहाग खोसिएको थियो । बाहिर जोडले बर्षात भईरहेको थियो । सानुसँग बोलेको कुराहरु झल्झलि याद आईरहेको थियो । सानू सँगका पुराना म्यासेजहरु हेर्दै रुँदै थिएँ । जब माया गर्ने मान्छे नै नरहे पछि म बाँचेको के अर्थ र ? हो म पनि मर्छु अनि यो पापलाई नि मार्छु । मनमा अचानक यस्तो फैसला गरेँ ।

 

कोठाको भित्तातिर मुसा मार्ने औषधी थियो । लिएर आएँ । एक ग्लास पानीमा सबै मिसाएँ । सार्है नमिठो गन्ध आईरहेको थियो । आज मेरो अन्तिम दिन थियो । मरेर भगवानसँग प्रश्न सोध्ने आँट गरेकी थिएँ। सानुको कसमको याद आयो तर पनि तोडिदिएँ। किनकि कसम त उहाँले नि सातजुनि सम्म छोड्दिन भनेर भगवान साक्षी राखि सिन्दुर हाल्नुभएको थियो नि । खै त त्यो पुरा भएको ? उहाँको लागि बाध्यताले त्यो कसम टुट्छ भने मेरो झन् ठूलो बाध्यता छ । बिना बाउको सन्तान बोकेर समाजमा धेरैको छिछि र दुर दुर सुनेर पल पल मरेर बाँच्नुभन्दा आज नै एकैचोटि मर्नु वेश । उहाँले दिएको कसम तोड्दै थिएँ आज । सम्बन्ध छुटिएसँगै सबै कसम तोडिँदै थिए ।

अन्तिम पटक सानुलाई सम्झिएर, " माफ गर सानु हजुरकी डल्लीको यति ठूलो हिम्मत छैन यो समाजमा कसैको नासो बोकेर वेश्याको नाम बोकेर बाँच्न । मेरो हजुर बाहेक कोहि थिएन । अब हजुर नै नरहेपछि म बाँच्नुको कुनै अर्थ छैन न त हजुरलाई दिएको कसम नै । आज मेरो आँशु नै मुल्यहिन भएर बग्दै छ । कुनैदिन हजुरले कहिल्यै आँशु बग्न दिन्न भन्नुभएको थियो तर आज बग्दैछ । ती बाचा नि त पूरा गर्नुभएन । यो रात, यो झरिसँगै बिलिन हुँदैछु । आज एउटा नारी हारेर मर्दैछे । दुनियाँले काँतर भन्लान् तर मलाई फरक पर्ने छैन अब । पुरुषबिना बाँच्न सक्छु भन्ने त केवल शब्दमा मात्र राम्रो सुनिँदो रहेछ । बास्तबिक्तामा यो हालतमा एक्लै कसैको सहारा बिना बाँच्न निकै कठिन हुने रहेछ त्यो नि कसैको पेट बोकेर जसको कुनै ठेगान छैन ।

अलबिदा सानू, धेरै धेरै माया । सायद म मरेको खवर नि पाउनु हुन्न होला । जुनदिन थाहा पाउनुहुन्छ त्यो दिन दुईथोपा आँशु खसालेर बिदाई दिनुहोला । नत्र मेरो आत्माले शान्ती पाउने छैन ।

 

 

भाग ११

 

यति भनेर बिस्तारै ग्लास मेरो मुखमा पुर्याएको मात्र के थिएँ, मेरो फोनको घन्टि बज्यो । त्यो मर्ने बेला म फोन उठाउने थिईन तर फोनले "सानू कलिङ्ग" भनेर भनिरहेको थियो । सानुको फोन ? म अचम्ममा परेँ । अहिले बाध्यतावस् छोडेर जाने मेरो सानुको फोन देख्दा मनमा हल्का उत्साह नि जागेको थियो भने मुहारमा हल्का आशाका किरणहरु नि आएका थिए । विषको ग्लास टेबलमा राखेर हतार-हतार कुनै बिलम्बन नगरि फोन उठाएँ । उताबाट सानुले रुँदै भन्नुभयो, "डल्ली धेरै याद आईरहेको छ मलाई तिम्रो । म तिमीबाहेक अरु कोहिसँग बिवाह गर्न चाहन्न । बरु म मर्दिन्छु।" सानुको यो कुरा सुनेर मेरा मुटुका बेग तिब्र भए ।

 

आफू मर्न लागेको कुरा सबै बिर्सिएर म सानुलाई सम्झाउन थाले, "सानू त्यसो नभन्नुस् हजुरलाई केही भयो भने म त जिउँदै मर्दिन्छु । कसरी हेर्न सक्छु हजुर मरेको । त्यति धेरै हिम्मत छैन म मा ।" म सानुलाई सम्झाईरहेको थिएँ । केहिपल अगाडि मात्र म आफैँ मर्न तयार भएको मान्छे अहिले सारा कुरा भुलेर सानुलाई मर्नबाट रोक्दैथिएँ । सायद यहि त होला नि माया भनेको । आफूले चाहेको मान्छे मरेको हेर्न नसकिँदो रहेछ न त मर्छु भन्ने शब्द नै सुन्न सकिँदो रहेछ । कता कता चस्स सियोले मुटु घोचे झै लाग्दो रहेछ । हो मलाई नि त्यस्तै भएको थियो सानुले त्यसो भन्दा । जसो तसो सानुसँग बोलेर सम्झाएँ । अनि केहिबेरको कुराकानिपछि फोन राख्यौँ ।

 

 

मर्न चाहेको म, सानुको मर्ने कुराले आँट नै आएन । म मरेसि मेरो सानू जिउँदै मर्नुहुन्छ, यहि सोचेर मर्न नि सकिन । बाहिर फ्याँकिदिए बिषले भरिएको पानीको ग्लास नै । सायद भगवानलाई मेरो मृत्यु अहिले मन्जुर रहेनछ र त मर्नेबेला सानुलाई नै लिएर फोनको माध्यमबाट मेरो सामू मृत्यु रोक्न ल्याईदिनुभयो । गजब छ भगवान तिम्रो लिला । जिउने हिम्मत आएको थियो । मेरो सानुले छोडेर गएनि माया मलाई नै गर्नुहुन्छ भन्ने आभाष दिलाउनुभएको थियो । एउटा नारीलाई कसैको एक सानो हिम्मत नै काफि छ दुनियाँसँग लड्नलाई अनि त्यो हतियार मेरो सानुको माया थियो । उहाँको म प्रतिको विश्बास थियो । सबै पुरुष एउटै हुन्नन् भनेर प्रमाणित गर्ने मेरो सानू हुनुहुन्थ्यो । उहाँको कसम अनुसार मैले यो बच्चालाई जन्माउने निर्णय गरेँ ।

 

 

अबको भोलिको दिनदेखिको मेरो जिन्दगी फरक तरिकाले जिउनु थियो । टक्कर र ठक्कर दुबै खाँदै र दिँदै बाँच्नुपर्ने थियो मैले । यो समाजसँग लडेर अघि बढ्ने दिन थियो । देखाउनु थियो एउटी नारीसँगको सहने क्षमता । म पनि कुनै पुरुषभन्दा कम छैन भनेर देखाउने बाटो थियो ।

भोलिबाट एउटा एकल आमा बाउबिहिन सन्तानको लागि यो समाजसँग लडेर जिउने तयारी गर्दै थिएँ । एउटा सन्तानप्रतिको आमाको त्याग र हरेक दुखहरु सहेर यो सँसार देखाउनु थियो । कसैको पापलाई सन्तान सम्झिएर आज एउटा आमाको ममता जाग्दा किन यो बच्चालाई पाप भनेछु भनेर आफैँमा पछुतो लागिरहेको थियो । आखिर यो सन्तानको के गल्ति थियो र ? सबै गल्ति त त्यो पापी पुरुषको थियो जो केहिपल मेरो शरिरसँग खेलेर आफ्नो यौवनको प्यास मेटेको थियो सिन्दुर र मँगलसुत्रको बलमा ।

 

अब म एक्लो थिईन तर साथमा हौसला दिन मेरो सानुको माया थियो अनि मेरो साथी पेटभित्रको बच्चा । म आउन लागेको बच्चाको आमा हुनेवाला थिएँ । त्यो बच्चाको लागि हरेक परिस्थितिसँग लड्ने जोस र जाँगर उर्लिएर आएको थियो । सन्तानको लागि जे नि गर्न सक्छु भन्ने त्यो हिम्मत आएको देख्दा मैले त्यो बेला बुझेको थिएँ कि एउटी आमाको लागि उसको सन्तान कतिसम्म प्राण प्यारो हुँदो रहेछ भनेर । अनि याद आयो सानुलाई उहाँकी आमाले गरेको माया ।।। आफ्नो सन्तान भनेको आफ्नो सन्तान नै हुँदो रहेछ । बल्ल बुझेको थिएँ मैले । पेटभित्रको बच्चालाई सरि भन्दै बाहिर बाटै सुम्सुमाएँ ।

 

त्यो पल यति धेरै माया लागेर आएको थियो कि "पाप" भन्ने कुरा भनेको सम्झिएर आँशु खस्दै थिए मेरा । यति बिवहल भएछु कि सन्तानको मायामा कि सानुको याद नि आएन । आज बल्ल बुझ्दै थिए आमाको लागि उसको लोग्ने भन्दापनि ठूलो उसको सन्तान रै'छ भनेर । यो पलले याद दिलाएको थियो । भगवानले ममता जगाउँदै थियो । अघि सम्म सरापेको भगवानलाई यो ममता जगाएकोमा धन्यवाद दिँदै थिएँ अनि आफ्नो भुलको लागि क्षमा माग्दै थिएँ मनमनै । म आमा भैसकेको अनुभव दिलाएको थियो त्यो पलले । निरासाले भरिएको मुहारमा सन्तानप्रतिको माया उम्रिँदा मेरो मुहार पुर्णिमाको जुन झै धपक्क बलेको थियो अनि ओठमा हल्का मुस्कान ।

 

पानी रोकिएको थियो । रातको १ बजिसकेको रहेछ । एक्लै थिएँ । तरपनि जिउनु थियो । भोलिको सुर्योदयसँगै नयाँ जिन्दगीको शुरुवात गर्नु थियो । आमा बनेर सन्तानप्रतिको कर्तव्य पूरा गर्नुपर्ने थियो । यो समाजसँग लडेर एउटी नारीले चाहि भने जे नि गरेर आफ्नो सन्तानलाई बचाउन सक्छिन् दुनियाँसँग लड्न सक्छिन् भनेर देखाउनु थियो । पुरुषसँगको बराबरीमात्र नभएर अझ बढि गर्न सक्छन् पिडा सहेर भएनि देखाउनुपर्ने थियो । दुख, पीडा, चोट सबै अर्थहिन लागेको थियो सन्तानको मायाको अगाडि । बाउबिना एउटा बच्चालाई जन्माएर समाजमा उदाहरण बन्नु थियो । आमाको नाम दिएर हुर्काउनु थियो । बाउ नै चाहिन्छ भन्ने कुरालाई गलत तुल्याउनु थियो । नारीले चाहिन् भने एक्लै सन्तानको जिम्मेवारी पुरुषको साथ बिना नि निभाउन सक्छे भनेर देखाउनु थियो ।

 

यहि प्रतिज्ञा मनमा लिएर म पेटभित्रको मेरो सन्तानलाई सुम्सुमाउँदै सुते । हिजोसम्म म कसैको प्रेममा पागल भएर जिउनु न मर्नु बनेको थिएँ, रोएको थिएँ, हिम्मत हारेको थिएँ तर आज सन्तानप्रतिको प्रेमले जिउने एउटा नयाँ बाटो देखाएको थियो । प्रेम शब्द सुन्नमा एउटै भएपनि अर्थ फरक हुने रहेछ । र त आज फरक तरिकाको प्रेमले मलाई जिउने आधार दिएको थियो अनि त्यो प्रेमको फरक बाटो थियो मेरो सन्तान ।।।

 

 

भाग १२

 

धेरै पढेलेखेको थिईन । के गर्ने, नगर्ने सोच्न सकेको थिईन । न त पढाईको कुनै सर्टिफिकेट नै थियो जागिर खाउँ भने नि । अँशको नाममा १०/१५ लाख थियो । आउने बच्चाको भविष्य बनाउनलाई साँचेर राखे चलाउँदिन भनेर । कामको खोजिमा भौँतारिएको म जे भेट्यो त्यहि गर्न थालेको थिएँ । कहिले ईँटा बोक्न जान्थे त कहिले ढुङ्गा कुट्न तर जता गएनि हरेक पुरुषको नजर एउटी विवश नारीको शरिरमै जाँदो रहेछ । यस्तो नगर, उस्तो नगर, म मिलाउँछु सबै !

बस् एक रात भन्दै फकाउने पुरुषहरु यत्र तत्र छरिएका थिए । तर मेरो विवशता बुझ्ने कोहि थिएन । सन्तानको लागि हरेक ज्यामी कामहरु गरेको थिएँ । दिन भरिको थकान अनि रातभरि सानुको यादमा आँशुले सिरानी भिजाउँथे ।

 

समय बित्दै थियो । मेरो पेट नि ठूलो हुँदै थियो । छिमेकमा कुरा काट्न थालिसकेका थिए । श्रीमान खै भनेर सोध्थे । घरबेटी बा ले नि खै त सानू भनेर सोध्थे । म बिदेश जानुभएको छ भनेर झुट बोलेर टार्थे । सानुको फोन ती दिनहरुपछि कहिल्यै लागेको थिएन । कुनै अत्तो पत्तो थिएन । बाहिर काम गर्न नसक्ने भैसकेको थिएँ । बच्चाले पेटमा लात हान्न थालिसकेको थियो । म खुशी हुन्थे अनि सोच्थे, "काश आज मेरो साथ सानू भैदिएको भए । साँच्चै त्यो बेला श्रीमानको धेरै याद आउँदो रहेछ । रुन मन लाग्दो रहेछ माया गर्ने मान्छे साथमा नहुँदा । तर म एक्लो थिएँ । बच्चाको लागि दुख गरिरहेको थिएँ । बाहिर सबैले शरिरमा आँखा लाउन थालेपछि घरमूनि तल सानो घुम्ति खोलेर किराना पसल गर्न थालेँ ।

 

बेला बेला बिचबिचमा डाक्टरकोमा जँचाउन नि जान्थेँ । तर कहिल्यै सोधिन मैले छोरा छ कि छोरी छ भनेर किनकि एउटी आमाको लागि उसको नजरमा दुवै बराबरको हुन्छन् ।

धेरै महिना सानू नआएको देख्दा बेला बेला घरबेटी बा मलाई छोरी भन्दै कता कता हात लाने गर्नु हुन्थ्यो । डर नि लाग्थ्यो । बुडी मरेर बसेका श्राद्द गर्नु पर्ने उमेरमा एउटी छोरी समान मलाई आँखा गाँडेर हेर्थे । म बिवश थिएँ । जाने ठाउँ पनि त थिएन । जब माया गर्ने मान्छेको नै अत्तोपत्तो थिएन । सायद मेरो सानू पनि त आमाको वचन निभाउनु हुँदै थियो होला । आफ्नो पबित्र मनको नाताको माया समर्पण गरेर आमाको दश धारा दुधको रिन तिर्दै हुनुहुन्थ्यो होला। उहाँलाई म दोष दिन सक्दिन थिएँ ।  बाध्यता थियो ।

 

 

प्रेग्नेन्ट भएको देख्दा नि एकल नारी देखेर धेरै केटाहरु मेरो घुम्तीमा झुमिरहन्थे । मेरो शरिरका अँगहरु लिप्त भएर हेर्थे । म आफूलाई ती गिद्दे नजरबाट जोगाउन शरिर ढाक्थेँ । छिमेकीका नारीहरु त्यति धेरै पुरुष मेरो घुम्तीमा झुमेको देख्दा वेश्या रै'छे भन्दै कुरा काट्थे । त्यो अवस्थामापनि एउटी बिवश नारीमाथि उनिहरुले राम्रो नजरले हेरेनन् । दुख लाग्थ्यो । जताबाट नै एउटी नारी नै अपहेलित हुनुपर्ने कस्तो समाज हो यो ? एकातिर नारीले नै वेश्या भन्दै प्राचार गरिरहेका थिए त अर्को तिर पापी पुरुष शरिरका अँग हेर्न लालयित थिए ।

कतैपनि म सुरक्षित थिईन । न त बाहिर न त घरभित्र नै । आफ्नो कोहि नहुँदा सबैले लुट्नमात्र खोज्दा रहेछन् ।

 

घरबेटी बा कहिले छोरीलाई गार्हो भो होला भन्दै पछाडि हात फिराउने गर्थे । म नकार्थे । के गर्नुभएको भन्थे तर पुरुष न हो उमेर ढल्किए पनि यौनको चाहना कहाँ सकिँदो रहेछ र । मर्ने बेला हरियो काँक्रो भनेझै मर्ने बेलामा बैँश चढेको थियो । कहिलेकाहिँ त एक दिएर ढाल्दिउँ जस्तो लाग्थ्यो फेरि यस्तो अवस्थामा कता जाने केही थाहा नै थिएन ।

 

८ महिना बितिसकेको थियो । सानुको कुनै खवर थिएन । म मेरो बच्चाप्रतिको कर्तव्य निभाउँदै थिएँ । सानुको याद आउँदा पुराना म्यासेजहरु पढेर रुने गर्थे । यादहरु काँडा बनेर घोचिरहेका थिए । पिडैपिडामा पनि डर, त्राश सबै बोकेर म लडिरहेको थिएँ । तर  एकदिन यस्तो घटना घट्यो कि म सोच्न सक्दिन ।

 

साँझ परेपछि सबै सामान भित्र राखेर जब म रुमभित्र छिर्दै थिएँ तब घरबेटी बा आएर मलाई च्याप्प समाते । म तर्सिएँ । के गर्नुभएको बा भन्दै छुट्न खोँजे तर वैँशले मात्तिएको पुरुषले कहाँ छोड्थ्यो र । मलाई लडाउन खोजिरहेको थियो । म त्यस्तो अवस्थामा एउटा नरपिशाच पुरुषसँग आफ्नो यौवनको रक्षा गर्न लडिरहेको थिएँ  । त्यो बेला हार गुहार सुन्ने कोहि थिएन । त्यो बेला मलाई पुरुषप्रति घृणा लागेर आएको थियो । एउटा कोखमा बच्चा बसेको नारीमाथि यौवनको प्यास मेट्न मरमिटेको थियो एउटा बलवान् पुरुष । उसले मलाई जोरले एक झापड हान्यो । जसको झट्का को कारण म भित्तामा पेट अगाडि पारेर ठोक्किन पुगेछु । मलाई पीडा असहनिय भएको थियो । रगत बग्न थाल्यो तलबाट ।

त्यो देखेर घरबेटी भाग्यो । मलाई डर लाग्यो कतै मेरो  बच्चा ? नाई यो हुन सक्दैन । सकि नसकि पिडामै छट्पटिएर एम्बुलेन्सलाई कल गरेँ । म आफैँ बेहोसीमा थिएँ । लाग्यो आज म र बच्चा दुवै मर्दैछौँ । किनकि त्यो बेला पिडा मृत्यु भन्दा भयानक भएको थियो । जुन शायद एउटा नारीले मात्र बुझ्न सक्छिन् । बाँच्छु भन्ने कुनै आशा थिएन तरपनि मनमनै भगवानलाई म मरे भनेपनि मेरो बच्चालाई केही नहोस् भनेर पुकार गरिरहेको थिएँ ।

 

 

हस्पिटल लगियो मलाई । एम्बुलेन्सबाट मलाई निकाल्दै गर्दा मेरो छेउमा अर्को एम्बुलेन्सबाट एउटा बिरामी निकालिँदै थियो । झ्याप्प दार्ही पालेको अनि मुखबाट फिँज आईरहेको थियो । सबैले भन्न सक्थे कि त्यो मान्छेले बिष पिएको छ भनेर । उसलाई लिएर आउने केही मान्छे भन्दै थिए, "बिचरा एउटी केटिसँग उसको परिवारले छुटाएर ल्याए । दिनरात रक्सि पिउँथ्यो उसको यादमा । उसलाई छोडेर कसैसँग बिवाह नै गरेन । आज सहन नसकेर बिष पियो । सायद धेरै माया गर्थ्यो ।" यस्तै भन्दै थिए ।

 

म छक्क तब परेँ जब मैले सानुको बाबा र आमालाई नि देखेँ । त्यो बिष पिउने व्यक्ति अरु कोहि नभएर सानू थियो । मेरो आँखाबाट बलिन्द्र आँशुका ढिका खसिरहेका थिए । मनमनै "सानू किन यस्तो गर्नुभयो" भन्दै भनिरहेको थिएँ । म स्वयँ पिडामा थिएँ । मान्छेहरु भन्दै थिए , "बाँच्न मुस्किल छ अब त भनेर ।" मेरो मुटुले ठाउँ छोडेको थियो त्यो सुनेर । मलाई पनि अनि सानुलाई पनि दुबैलाई ईमर्जेन्सीमा लगिएको थियो । मलाई अनि सानुलाई बाँच्ने चान्स निकै कम थियो । डाक्टरले भन्दै थियो, "निकै क्रिटिकल कन्डिसन छ, उहाँको कोहि आफन्त नि आउनु भएको रहेनछ । आमा र बच्चा एउटा मात्र बाँच्ने चान्सपनि छ अनि दुईटै मर्ने चान्स नि । अब अप्रेशन गरेन भने दुईटै ज्यान जान्छ भनेर भन्दै थियो । मैले मेरो बच्चालाई बचाईदिनु भनेर आँशु झारेर भन्दै थिए मनबाट किनकि म बेहोशी भैसकेको थिएँ ।

 

 

आज तिनजनाको मृत्युको अन्तिम घडि थियो । मायाको लागि एक अर्कामा समर्पण गर्दै थिए । बाँच्ने चान्स जिरो थियो । यो अवस्थामा म लेखकपनि कलम चलाउन बन्द गरेर आँशु पुछेको थिएँ । किनकि साँचो माया गर्ने दुई प्रेमी र प्रेमिकालाई मार्दै थिएँ । अनि बिचरा त्यो सानो पेटभित्रको बच्चा जसले सँसार नै देख्न पाएको थिएन उसलाई नि यो अवस्थामा मैले ल्याएको थिएँ । दुई प्रेमिल जोडिलाई म लेखकले एक बनाउन सकिन । न त यो समाज र परिवारले नै एक बन्न दियो दोषी थियो यो समाज अनि परिवार जसले सन्तानको चाहना बुझेनन् । जसलाई ईज्जत प्यारो थियो । अनि हार्दै थियो बिवश यो साँचो प्रेम जुन आज अस्पतालको बेडमा अन्तिम सास लिँदै थियो ।

 

 

 

 

 

 

 

भाग १३ (अन्तिम)

 

सानुको तर्फबाट :

 

म जब होसमा आएँ आफूलाई अस्पतालको बेडमा पाएँ । म त मरिसकेको मान्छे तर कसरी यहाँ ? जिउँदै छु त फेरि ? मेरो छेउछाउ कोहि थिएनन् । मेरो पेटको दुबै भागछेउ पीडा भएको थियो मलाई । हेरेँ पट्टि बाँधिएको थियो । लाग्थ्यो मेरो अप्रेसन भएको थियो । मैले मेरो बाबा र आमालाई त्यहाँ देखिन । पल्लो कोठामा रोईरहेको आवाज आएको थियो । सकि नसकि उठेर त्यता गएँ । मेरो बाबा र आमा एउटा शरिरको खुट्टामा समातेर जोरजोरले हात जोडेर रोईरहेका थिए । मैले बुझ्न सकिन आखिर को रहेछ ? कोहि आफन्त पो मरेछन् कि क्या हो भनेर म पनि नजिक गएँ । बाबा र आमाले मलाई देखेर झन् रोए । बेडमा रहेको शरिर सेतो कपडाले छोपिएको थियो । उहाँहरुले मलाई रोक्दै थिए नहेरोस् भन्ने तरिकाले नदेखोस् भन्ने आभासले । निसँकोच नमानि को रहेछ भनेर शिरको कपडा हल्का सार्दै तल पुर्याएँ ।

 

,,,,

म चिच्याएँ, "डल्लि" । मेरो आवाज भित्ताभरि गुन्जिएको थियो । यतिका महिनापछि आफ्नो डल्लीलाई देखेको थिएँ त्यो नि मृत शरिरमा । मेरो शरिरमा भएको पीडा भन्दा त्यो दृश्यले मलाई सहन नसक्ने गरि पीडा र आँशु दिएको थियो । म रुँदै अँगालेर रोईरहेको थिएँ । मेरो डल्लीले सँसार छोडेर गएकि थिईन् । मलाई एक्लो बनाएर गएकी थिईन् । उनको साँचो प्रेमको सजाय दिएर गएकि थिईन् ।

 

भाग्यले आज यतिका महिना पछि भेट गराएको थियो तर त्यो अवस्थामा जहाँ हामी चाहेर नि एक हुन सक्दैन थियौँ । उनको शरिरलाई उठाएर छातीमा टाँसेर धेरै रोएँ । आफुले माया गरेको मान्छे सँसारमै छैन भन्ने कुराको आभाष हकिकतमा थाहा भएपछि मुटुले नि छुरा प्रहार गरे झै घोचिरहेको थियो हरेक चिच्याहटसँगै ।

 

लासको छेउमा भर्खरै जन्मिएको बच्चा थियो ।

एकजना डाक्टरले मोबाईल दिँदै भन्नुभयो, "मेरो सानू आएर जब मेरो लाशलाई अँगालेर रुनुहुन्छ हो उहाँ मेरो श्रीमान हुनुहुन्छ । यो फोन लगेर भिडियो हेर्न भन्नु" भनेर भन्नुभएको थियो । मैले आँखाभरि आँसु पारेर मोबाईल खोलेर भिडियो हेरेँ ।

 

डल्लीले मर्नुअघि अन्तिम साससँगै मेरो लागि केही कुरा छोडेर गएकि थिईन् । मैले भिडियो खोलेँ । मेरो डल्लीले रुँदै भन्दै थिईन् "सानू धेरै धेरै माया, आज कैयौँ महिनापछि हजुरलाई यो हालतमा देख्दा मेरो प्राण नै गएको थियो । डाक्टरलाई सोध्दा थाहा भयो कि धेरै रक्सी पिएर हजुरको दुईटै मृगौला खराब भएको छ भनेर । यो अन्तिम स्टेजमा कसैबाट मृगौला नपाए मृत्यु हुने कुरा थाहा पाएसि म सहन सकिन । आफ्नो आँखा अगाडि आफुले धेरै माया गरेको मान्छे मरेको देख्न नसकिँदो रहेछ । त्यहि भएर मैले डाक्टरलाई मेरो बच्चा सकुसल बचाएर मेरो मृगौला सानुलाई दिनु भनेर भने ।"

तपाईँको कसम पूरा गरेकी छु सानू। हेर्नुस् त हजुरको सानी डल्ली, प्रेमको चिनो स्वरुप दिएको छु । धेरै माया दिनुहोला । पहिलो र अन्तिम दुधको धारा पिलाएर बिदा मागेको छु । मेरो लागि हजुर दुवैजना महत्वपुर्ण हुनुहुन्छ । एकातिर आमाको कर्तव्य निभाएँ भने अर्कोतिर श्रीमतीको कर्तब्य नि निभाएको छु । मेरो शरिरको अँग अन्तिम क्षणसम्म हजुरकै नाममा सिमित थियो । आज त्यो पूरा गर्ने मौका पाएँ । खुशी छु । श्रीमती भएर पनि नजिक रहेर मीठो माया अनि मीठो पकाएर खान दिन सकिन । सार्है अभागि रै'छु सानू । हजुरलाई सँगै रहेर माया दिन सकिन। अर्को जन्म भएछ भने हजुरसँगै श्रीमती भएर जिन्दगी बिताउन चाहन्छु । हरेक जनम हजुरको साथमा । हजुरको सानो डल्लीलाई धेरै माया दिनु ल । बिदा सानू"   

 

अन्त्यमा म मरेपछि मात्र हजुरले मलाई छुन र देख्न पाउनुहुन्छ होला । तर मलाई एकचोटि छातिमा टाँसेर हजुरको हातले अन्तिम चोटि श्रीमती सम्झिएर सिन्दुर लगाईदिनुहोला । म सौभाग्यशाली ठान्नेछु ।" म तड्पिएको छु यो पलको लागि । बिन्ति छ है ।"

 

त्यो भिडियो सकिएसि उनको सास गएको थियो । धेरै रोएको थिएँ । त्यहाँ भएका मेरा बाबा र आमा अनि डाक्टर र नर्स सबैको आँशु खसिरहेका थिए । डल्लीको मुहार हेरेर तीखो छुराले आफ्नो हात काटेर एक हातमा बच्चा बोकेर अर्को हातले उनको खालि सिउँदोमा सिन्दुर हाल्दिएँ । भक्कानिएर धेरै रोएँ । त्यो पल मेरो जिन्दगीको मृत्युसरिको पिडाजनक पल थियो । मेरो बाबा र आमा सायद उनको त्यो त्याग देखेर पछुताईरहेका थिए ।

मरेर नि मेरो डल्लीले कसैको नासो स्वरुप छोरालाई मृत्युबाट फर्काएर एउटी आमालाई फर्काएकी थिईन् । मेरो बा, छोरी भन्दै आफूले भनेको नराम्रो गालि सम्झि सम्झि टाउको पिट्दै रोईरहेका थिए । अनि मेरी आमा आज पहिलो चोटि मेरो डल्लीको साँचो मायाको अगाडि हारेर आँशु खसाल्दै माफी माग्दै खुट्टा समाएर पश्चताप गरिरहेकि थिईन् । बस सबैजना रोईरहेका थियौँ ।

 

 

डल्लीको तर्फबाट :

 

मरेर आत्माबाट मैले सबैजना रोईरहेको देखेको थिएँ । म सबैबाट टाँढा भएपछि मायाको आभाष दिलाएको थिएँ । तर साथमा रहन सकिन । मेरो सानुले अँगालेर सिउँदो भरिदिँदा म खुशीले रोएको थिएँ । उहाँको न्यानो अँगालोको स्पर्श महसुस गरेको थिएँ । यस्तै रहेछ भाग्य अनि माया । आज मेरो मायाको जित भएको थियो । एउटा प्रेमले पनि आज आमाको ममतालाई जितेको थियो । जिन्दगीभर हेला गरेका ती आमा र बाबा, मेरो लास छेउमा बसेर पश्चतापका आँशु खसालि रहेका थिए । आज मेरो प्रेमको जित भएको थियो । मेरो सानुको लागि सानी डल्ली ! मायाको चिनो छोडेर म सबैबाट बिदा भएकी थिएँ । यो पापी सँसारबाट मैले मुक्ति पाएको थिएँ । कति कष्ट र पीडा सहेर जिएकी थिएँ, सँघर्ष गरेकी थिएँ । भगवानले यस्तो तरिकाले मुक्ति दिएका थिए कि हिजोको मेरो दुखमा साथ नदिने, गाली गर्नेहरु आज पछुताएर माफी माग्दै थिए । म मरेपनि मेरो प्रेम अमर भएको थियो । जित भएको थियो एउटा साँचो प्रेमको । सानू र डल्लीको ईतिहास कोरिएको थियो । बस म सबैबाट बिदा हुँदै थिए सदाको लागि ।।।

 

समाप्त ।।।

 

लेखकको तर्फबाट :

 

मैले साँचो प्रेमलाई आज जिताएको थिएँ तर डल्लीलाई बचाउन सकिन । सायद साँचो प्रेममा देह त्याग नभएसम्म कसैले प्रेमको परिभाषा नै बुझ्ने रहेनछन् । म लेखक बिवश थिएँ यो समाजलाई प्रेमको सहि अर्थ सिकाउन जसको लागि मलाई डल्लीको प्राण लिनुपर्यो । डल्लीलाई मार्दा म नि रोएको थिएँ । मैले डल्लीको हत्या गरेपनि समाजमा नारीको प्रेम पबित्र हुन्छ भनेर प्रमाणित गरेको छु । म स्तब्ध पनि छु । मलाई माफ गर्नुहोला किनकि मैले डल्लीको अस्तित्व मेटाईदिएको छु ।

 

डल्लीले आज नारीको प्रेम र एउटी श्रीमतीको कर्तब्य कसरी निभाउने एक उदाहरण यो समाजलाई दिएर बिदा भएकी थिईन् । हरेक परिस्थितिमा पनि लड्ने हिम्मत हरेक नारीलाई दिएकी थिईन् । एउटा परिवारलाई सन्तानको खुशीमा नै खुशी हुन सिक्नुपर्छ भनेर पाठ सिकाएर गएकि थिईन् । एउटी आमाले चाहि भने ज्यानको बाजि राखेर भएनि आफ्नो सन्तानलाई आँच आउन दिन्न भन्ने सन्देश दिएर गएकी थिईन् । अनि एउटा असल श्रीमतीको प्रेम र भुमिका आफ्नो श्रीमानप्रतिको त्याग गरेर प्रेमको परिभाषा सिकाएर गएकी थिईन् । डल्ली जस्तै समाजमा यस्तै कैयौँ समस्यामा परेर नि सँघर्ष गरिरहेका हरेक नारीहरुलाई म मनै देखि नमन गर्दछु । सम्मान गर्दछु । 

धन्यवाद । 

 

      लेखक : कैलाश तेङ्गमाली (हाल यु.ए.ई)

      वाचक : रमेश श्रेष्ठ (हाल नेपाल)


YouTube मा हेर्न यो लिंकबाट जोडिनु होला https://youtu.be/obNbsPXa_yo